कैलाली-३ रामजनमकाे क्षेत्र हाेइन, त्यसैले जित्छाैं : गाैरीशंकर चौधरी

कैलाली निर्वाचन क्षेत्र नम्बर ३ बाट वामगठबन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि प्रत्यक्षतर्फ उम्मेदवारी दिएका ३६ वर्षीय गौरीशंकर चौधरी पूर्वकृषि मन्त्री हुन् । कैलारी गाउँपालिका–२ बसौटीका स्थानीय समेत रहेका चौधरी ०५३ सालदेखि आफ्नो राजनीतिक यात्रा सुरु गरे । तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको सशस्त्र जनयुद्धको क्रममा ०५५ मा जनमेलिसिया, ०५६ देखि ०६१ सम्ममा उनी स्क्वाइट (शैन्य दस्ता), सेक्सन कमाण्डर, प्लाटुन कमाण्डर, कम्पनी कमाण्डर, बटालियन कमाण्डरसम्मको भूमिका निर्वाह गरे । ०६३ देखि माओवादी केन्द्रको केन्द्रीय सदस्य र ०७३ देखि पोलिटब्यूरो सदस्यसमेत रहेका चौधरीसंग लखन चौधरीले चुनावी गतिविधिवारे गरिएको कुराकानीको सम्पादित अंशः

चुनावी मैदानमा हुनुहुन्छ, जनताको गुनासो के छ ?
जनताको मुख्य माग नै विकास हो । किन विकास भएन भन्ने प्रमुख अहिलेको पूमुख जनगुनासो हो । संक्रमण काल अझै जारी रहेकोले र स्थायी सरकार नभएकै कारण विकासले हालसम्म गति लिन सकेको छैन । इन्डियामा हेर्नुस् मोदीले अझै पाँच वर्षे आफ्नो सरकार चलाई रहनु भएको छ । मजाले आफ्नो भिजनसहित सरकार चलाई रहनुभएको छ । तर यहाँ हेर्नुस् ६÷६ महिनामा सरकार परिवर्तन हुन्छ । ०७० सालयता नेपालमा चार जना प्रधानमन्त्री भैसके । जसकारण यहाँ विकास हुन नसकेको हो ।

त्यसैले हामीले जनतालाई अनुरोध गरिरहेका छौ, वामगठबन्धनले बहुमत ल्याएमा, दुई तिहाईको सरकार बनाएमा हामी पाँच वर्षमा नयाँ विकास, नयाँ गति, नयाँ परिणाम दिन सक्छौ । आफ्नो कार्यक्रमलाई नमूनाको रुपमा अगाडी बढाउन सक्छौ । यो विषयलाई हामी जनतामाझ राख्दै आएका छौ ।

तपाईको मुख्य एजेण्डा के–के हुन ?
हाम्रो मुख्य एजेण्डा संविधान कार्यान्वयन हो । दोस्रो विषय, विकास निर्माण हो । यो चुनाव नै विकास निर्माणकै लागि हो । यसमा भौतिक संरचना निर्माण, पूल पुलेसो निर्माण, कृषि, खानेपानी, स्वास्थ्य, शिक्षालगायत आउँछन् । मैले प्राथमिकताका साथ भन्ने गरेको छु, जबसम्म राज्यले कृषि क्षेत्रमा लगानी गर्दैन तबसम्म कृषि क्षेत्रमा आधुनिकीकरण हुनै सक्दैन, देश समृद्ध बन्नै सक्दैन ।

फलतः मैले कृषिमन्त्री भएको छोटो अवधीमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लागु गरेको छु । राज्यले कृषि क्षेत्रमा लगानी गर्नुपर्छ । साना किसानको समृद्धिले अर्थतन्त्र बजबुट बनाउँछ । अर्कोतिर राज्यले ऊर्जा क्षेत्रमा लगानी बढाउनुपर्छ । आज हाम्रो यहाँ नदी किन भयो भनेर भन्ने अवस्था छ । हामी सदुपयोग गर्न सकेका छैनौ । सदुपयोग भएको खण्डमा देशको अर्थतन्त्र त्यसै बलियो भैहाल्यो नि । जडिबुटी, पर्यटन, खानीमा लगानी गरे प्रर्याप्त सम्भावना छ । त्यसैले यी सम्भावनाको उजागर गर्ने र निकास खोज्ने नै मेरो एजेण्डा हुन् ।

तपाईको जित्ने आधार के हो ?
हामी निरन्तर जनताको सुख–दुखमा साथ दिएका छौ । संगै नमूना विकासका कार्यक्रम गरेर देखाई सकेका छौ । उदाहरणको लागि उदासीपुरमा प्रधानमन्त्रीले आधुनिकीकरण कार्यक्रम अन्तगरगत गोहु सुपर जोन स्थापना, घोडाघोडीको १ देखि ९ वडा र मुनुवा थापापुर, जोशीपुर जोडेर तेलहन जोन कार्यक्रम राखिसकेका छौ । पवेरामा धान ब्लग राख्यौ । जिल्लाभरी माछा ब्लग कार्यक्रम । भजनी, धनगढीलगायत क्षेत्रमा कृषिका विभिन्न ब्लग राखेका छौ । तत्कालीन आफ्नो क्षेत्रसहित विभिन्न स्थानमा अर्टिजन बोरिङ, सिचाई कुलो सञ्चालन गरेको छु । पहलमानपुरमा तीन हजार मेट्रिक टन क्षमताको कोल्ड स्टोरको योजना ल्याएको छु । जुन सुदूरपश्चिममै सबभन्दा ठूलो कोल्ड स्टोर हो । कैलालीमै स्थापना हुने गरी पाँच हजार मेट्रिक टन क्षमताको कोल्ड स्टोर निर्माण गर्ने निर्णय मन्त्री परिषदबाट गराएको छु । अर्को अत्तरियामा पनि कोल्ड स्टोर बनाउने निर्णय गराएको छु । बाढी नियन्त्रण तथा वस्ती व्यवस्थापनको लागि कान्द्रामा ६ करोडको आयेजना लागु गरेको छु ।

मैले मन्त्री भएको बेला रसायनिक मलको मूल्य घटाएको छु । मैले पहिलो पटक मन्त्री भएको बेला किसान आयोग बनाई दिएको छु, जुन संवैधानिक एंव पावरफुल आयोग हो । मैले किसान पेन्सनको योजना पनि बनाएको छु । हाम्रो सरकार बन्ने बित्तिकै किसान पेन्सनको कार्यक्रम लागु हुन्छ । जुनकारण मेरो जित्ने प्रयाप्त आधार छ ।

अर्कोतिर, मेरो प्रतिश्पर्धी काँग्रेस उम्मेदवार रामजनम चौधरी २६ वर्ष जितेर जानु भएको छ । उहाँ हालको ३ नम्बर क्षेत्रको पनि होइन । उहाँले जनतालाई ठग्ने काम मात्रै गर्नु भएको छ । मलाई अन्तिम पटक जिताई देउ भनेर धेरै पटक आए, तर केही गरेनन् । त्यो सब जनताले हेरिरहेका छन् । म यहाँको लोकल व्यक्ति हो, रामजनम यहाँको लागि पर्यटक हनु । दुई÷चार दिनको पहुना हुन् । उहाँले केहि नगरेकोले उहाँको लागि यहाँ ठाउँ नै छैन । अर्कोकुरा ३ नम्बर क्षेत्र कम्युनिष्टको गढ हो । यस क्षेत्रभित्र पर्ने कैलारी गाउँपालिका, घोडाघाडी नपा र भजनी नपामा स्थानीय निर्वाचनमा हामीले नै जीतेका छौ । यो क्षेत्र हाम्रो लालकिल्ला हो । जसले गर्दा हाम्रो हार्ने ठाउँ छैन ।

अबको मेरो अभियान यो क्षेत्रमा सिचाइँको व्यवस्था गर्ने, पुल पुलेसो बनाउने, खानेपानी बनाउने हो । सञ्चार, विद्युत, स्तरिया शिक्षा, सबै ठाउँमा पु¥याउने अभियान रहन्छ । निजी शिक्षकहरुको समस्या व्यवस्थापन गर्ने योजना गर्ने हाम्रो योजना हो ।

तपाईहरु पहिचानको मुद्धा धेरै उठाउनु भो, अहिले बिर्सिएकै हो ?
धेरैको जिज्ञासा यहि हो । हामीले उठाएको मुद्धा सकिएको छैन, जारी रहन्छ । भारतमा १३ प्रान्तबाट सुरु भएको थियो, अहिले २९ संघीय प्राप्त पुगेको छ । यहाँ उठेको पहिचान, संघीयताको मुद्धा कायमै छ । छलफलमै छ । एक दिनमा हल हुने हैन । आज उठायो, भोलि हुने मुद्धा होइन । बहसमा गैसकेकोले कुनै दिन यसको हल अवश्य हुन्छ ।

Leave a Reply

Your email address will not be published.