रेशम र लक्ष्मणको घरदैलो अभियानमा प्रहरी र कांग्रेसको अवरोध

धनगढी– टीकापुर घटनाका आरोपी प्रतिनिधि सभा सदस्य उम्मेदवारद्वय रेशम चौधरी र लक्ष्मण थारुको घरदैलो अभियानमा प्रहरी प्रशासन र काँग्रेसी कार्यकर्ताले अवरोध पु¥याएका छन् ।
राष्ट्रिय जनता पार्टीका उम्मेदवार रहेका थरुहट नेताद्वय रेशम र लक्ष्मण थारुको घरदैलो अभियानमा अवरोध पु¥याउनुको साथै पर्चा, पम्प्लेट च्याट्ने, झण्डामा आगो लगाउने प्रयास भएको छ । भने अन्य प्रचार सामग्री खोसिने र प्रचारकहरुलाई गाली गलौच गर्ने काम भएको जनाइएको छ ।

निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका रेशम चौधरीले आफ्नो कार्यकर्ताहरु शुक्रबार साँझ साढे ७ बजे जोशीपुरमा प्रोजेक्टरमार्फत भिडियो देखाइरहेको बेला जोशीपुरका प्रहरी सहायक निरिक्षक डिल्ली बि.सि.ले चिप्स खोसेर लगेको बताए । त्यस्तै, निर्वाचन क्षेत्र नम्बर ५ का उम्मेदवार लक्ष्मण थारुको प्रचारकर्ता उप्पर काँग्रेसका कार्यकर्ताहरुले दुव्र्यवहार गरेको प्रचारमा रहेकी चन्की चौधरीले बताइन् ।

उनको अनुसार धनगढी उपमहानगरपालिका–१६ रामपुरमा शनिबार घरदैलो कार्यक्रम गरिरहेको बेला रामपुरस्थित शिवमावि वेहडा बाबाका अध्यक्ष तथा काँग्रेस समर्थक पदम धामीले राजपाको घरदैलोमा अवरोध पु¥याएका हुन् । अध्यक्ष धामीले पर्चा, पम्प्लेट च्याटुनुको साथै झण्डाहरु खोसेर आगो लगाउने प्रयास समेत गरेको उनले जानकारी दिइन् । साथै उम्मेदवार थारुलाई जेलमै सडुन दिनुपर्छलगायत तथानाम गालीगलौच गर्दै काँग्रेसमा भोट हाल्नुपर्छ भनी थर्काउने काम गरेको जनाइएको छ ।

निर्बाचन आचार संहिता तेश्रो संशोधन, २०७४ को दफा ४(२) को उपदफा ३ अनुसार कानून सम्मत उम्मेदवारी दिएका उम्मेदवारले विना अवरोध प्रचार–प्रसार गर्न पाउने प्रावधान छ । जसक्रममा उम्मेदवारले टेलिभिजन, रेडियो वा एफएम रेडियोको माध्यमबाट निर्वाचन प्रचार प्रसार गर्दा कम्तीमा एक घण्टाको अन्तरालमा २४ घण्टामा बढीमा चार पटक र एक पटकमा बढीमा एक मिनेटसम्म प्रशारण गर्न सकिने व्यवस्था छ ।

टेलिभिजन, रेडियो, एफएम जसले एकसाथ लाखौं हजारौं मान्छेलाई सचेतना मार्गदर्शन गर्न सक्छ । रेशम चौधरीको प्रोजेक्टरले बढीमा सय दुईसय जनाको बीचमा कुरा पु¥याउन सक्छ । कानून सम्मत उम्मेदवारी दिएका उम्मेदवारहरुको घरदैलोमा अवरोध पु¥याउनुलाई निर्वाचन आचारसंहिता विपरित मानिएको छ । निर्वाचन आयोगले तिनीहरुको उम्मेदवारीलाई कानून सम्मत मानेको छ ।

कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले घटनावारे आफुलाई जानकारी नआएको बताए । घटनावारे उजुरी आएको खण्डमा कारवाहीको प्रक्रिया अगाडी बढाइने उनले बताए ।

Leave a Reply

Your email address will not be published.