राजपा-फोरमबीच सिट बाँडफाँड, लेखीले दाबी गरेको क्षेत्र फोरमले लियो

संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीले प्रदेश २ का प्रतिनिधिसभा र प्रदेशसभाको सिट बाँडफाँट गरेका छन् । प्रदेश २ को प्रतिनिधिसभाका ३२ मध्ये १७ सिट फोरमले पाएको छ भने १५ सिट राजपाले लिएको छ । प्रदेशसभाको ६४ मध्ये ३३ सिट फोरमले लिएको छ भने बाँकी ३१ सिट राजपाले पाएको छ ।

पर्साको १,२ र ३ फोरमले लिएको छ भने ४ राजपाले पाएको छ । बाराको १ र ४ राजपाले लिँदा २ र ३ फोरमको भागमा परेको छ । रौतहटको १, २ र ४ राजपाले तथा ३ फोरमले पाएको छ । सर्लाहीको १, २ र ४ राजपाले पाउँदा ३ फोरमको भागमा परेको छ ।

धनुषाको १, २ र ४ राजपा तथा ३ फोरमले पाएको छ भने सिरहाको १, २, ४ फोरम र ३ राजपाको भागमा परेको छ । सप्तरीको १ र २ फोरम तथा ३ र ४ राजपाले लिएका छन् । त्यस्तै महोत्तरीको १ र ४ फोरम तथा २ र ३ राजपाको भागमा परेको छ ।

यसअघि सप्तरी १ मा रजपाका महासचिव एवं थारु नेता राजकुमार लेखीले दाबी गर्दै आएका थिए। उक्त क्षेत्र फोरमले लिएको छ। योसँगै लेखी कुन क्षेत्रबाट उठ्ने वा नउठ्ने अन्योल भएको राजपाका एक नेताले थारुवानले बताए।

Leave a Reply

Your email address will not be published.