चितवनका थारु पत्रकारलाई व्यवसायिक पत्रकारितामा जोड दिन सुझाव

थारु पत्रकार संघ चितवनको तेस्रो जिल्ला सभा शनिवार नारायणगढमा सम्पन्न भएको छ । संघका जिल्ला अध्यक्ष कारी महतोको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा बोल्दै थारु पत्रकार संघका केन्द्रीय अध्यक्ष कृष्ण सर्वहारीले थारु पत्रकारहरुको अवस्था र संघले खेलेको विषयमा प्रकाश पारेका थिए ।
कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका केन्द्रीय अध्यक्ष सर्वहारीले कात्तिक १८ गते हुने केन्द्रीय अधिवेशनको तयारीसमेत तीब्र भइरहेको जानकारी गराए । कार्यक्रममा चितवनका क्रियाशील पेशागत संगठनका प्रमुखहरुले चितवनमा थारु पत्रकारहरुले खेलेको भूमिकाको विषयमा प्रशंसा गरे ।
नेपाल पत्रकार महासंघका कोषाध्यक्ष समेत रहेका प्रेस सेन्टर नेपालका अध्यक्ष प्रकाश ज्ञवालीले थारु पत्रकारसँग समन्वय गरेर पत्रकार महासंघ अगाडि बढ्ने प्रतिवद्धता जनाए । उनले थारु समुदायको इतिहास नै लेखनका लागि अगाडि बढ्नसमेत थारु पत्रकार संघलाई सुझाव दिए ।
कार्यक्रममा नेपाल प्रेस यूनियन चितवनका उपाध्यक्ष पूर्ण शर्माले पत्रकारितामा प्रशस्तै सम्भावना रहेका कारण व्यवसायिकरुपमै अगाडि बढ्न थारु पत्रकारहरुलाई आग्रह गरे । पत्रकारहरुको उपस्थित र सहभागीता प्रशंसनीय रहेको बताए । आगामी दिनमा पनि सहकार्य गरेरै अगाडि बढ्ने उनले बताए । संघकी उपाध्यक्ष सुमित्रा महतोले स्वागत मन्तव्य राखेको कार्यक्रममा स्वतन्त्र पत्रकार संघ चितवनका अध्यक्ष सूर्यप्रकाश कँडेल, फोनिज चितवनका कोषाध्यक्ष एवम् तामाङ सञ्चार समूहका सचिव ज्ञानेन्द्र तामाङ, नेपाल आदिवासी जनजाति महासंघ चितवनका अध्यक्ष सुरवीर थापा मगर, थारु पत्रकार संघ चितवनका सल्लाहाकार सन्तकुमार चौधरी, चन्द्राकुमारी चौधरीलगायतले शुभकामना मन्तव्य व्यक्त राखेका थिए ।
कार्यक्रममा संघका कोषाध्यक्ष सञ्जय चौधरीले वार्षिक आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । संघका अध्यक्ष कारी महतोले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कात्तिक १८ गते सुनसरीको झम्कामा हुने केन्द्रीय अधिवेशनका लागि चितवनबाट ३ जना प्रतिनिधि पठाउने निर्णय गरेको छ ।
सल्लाहाकार सन्तकुमार चौधरी, राजु चौधरी र सुमित्रा चौधरीलाई प्रतिनिधि पठाउने भेलाले निर्णय गरेको छ । यस्तै केन्द्रीय अधिवेशनमा पर्यवेक्षकको रुपमा जिल्ला अध्यक्ष कारी महतो, मनिराम थनेत, दिपेश चौधरी, प्रमिला महतोलाई पठाउने निर्णय गरेको छ । कार्यक्रममा चितवनका एकदर्जनबढी थारु पत्रकारहरु सहभागी थिए ।

Leave a Reply

Your email address will not be published.