चुनावअघि निर्दोष थारुहरुलाई जेलबाट निकालियोस् : रुक्मिणी चौधरी

रुक्मिणी चौधरी।

संविधान जारी भयो त्यो राम्रो हो तर चार वर्षको अवधिमा म आफूले आफूलाई शन्तुष्ट बनाउन सकिन । संसदमा बोल्न खोज्यो ३ मिनेट भन्दा समय पाइदैन । बोल्दा बोल्दै लाइन काटिन्छ ।

अाफूले राख्न चाहेका विषयवस्तु पनि राख्न पाइएन । संविधानमा धेरै विषयहरू छुटेका छन् तर, हाम्राे शक्ति कमजाेर भएकाले साेचेजति गर्न सकिएन ।

जनताको पक्षमा संविधान जारी गराउन चाहेको हो तर सकिएन । म दुई संविधानसभामा सभासद भएर आएँ । अब पनि म सिंगल चुनाव जितेर आउने पक्षमा छु । सकेसम्म गठबन्धनमा सामेल हुने नभए एक्लै चुनाव लड्ने तयारी छ । अझै धेरै काम गर्न बाँकी छ त्यसैले हामी विभिन्न अादिवासी जनजाति पार्टीहरू मिलेर अाउँदैछाैं ।

संसदमा बोलेको भिडियो:

Leave a Reply

Your email address will not be published.