थारु पत्रकार संघ रुपन्देहीको अध्यक्षमा राज चौधरी निर्वाचित

थारु पत्रकार संघ रुपन्देहीको बुधबार बुटवलमा एक कार्यक्रमबीच दोस्रो अधिवेशन सम्पन्न भएको छ। संघका केन्द्रीय सदस्य कमला चौधरीको प्रमुख आतिथ्यता, फोनिज रुपन्देहीका कोषाध्यक्ष गोविन्द घर्तीको विशिष्ठ आतिथ्यतामा अधिवेशन कार्यक्रम सम्पन्न भएको हो।

अधिवेशनले राज चौधरीको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरेको छ। जसको उपाध्यक्षमा पार्वती थारु, सचिवमा कमल चौधरी, कोषाध्यक्षमा शिवा चौधरी (सचिन) र सहसचिवमा अनिता चौधरी चयन भएका छन्।

त्यस्तै सदस्यहरुमा गोरख चौधरी, यमुना चौधरी, हरिनारायण चौधरीलगायतका चयन भए। त्यस्तै सल्लाहकारमा हिक्मत चौधरी, कमला चौधरी, श्रीनिवास चौधरी छन्।

अधिवेशन कार्यक्रममा वक्ताहरुले थारु समुदायको हक अधिकार र पहिचानका मुद्दाहरुलाई सक्रिया रुपमा मिडियामार्फत उठाउनुपर्नेमा जोड दिएका थिए। आगामी कार्तिकमा हुने थारु पत्रकार संघको केन्द्रीय महाधिवेशनलाई मध्यनजर गर्दै सो अधिवेशन सम्पन्न गरेको हो।

Leave a Reply

Your email address will not be published.