हृदयश त्रिपाठीसहित राजपा नेताले पार्टी छाडे, एमालेको चिन्ह लिएर चुनाव लड्ने

राष्ट्रिय जनता पार्टी राजपाका नेता हृदयश त्रिपाठीसहितका पाँच जना नेताले पार्टी परित्याग गरेका छन् । राजपाका अध्यक्ष मण्डलका सदस्यसमेत रहेका त्रिपाठी, बृजेशकुमार गुप्ता, पशुपतिदयाल मिश्र, ईश्वरदयाल मिश्र र जगदीश शुक्लाले पार्टी छाडेका हुन् ।

उनीहरुले ‘स्वतन्त्र राजनीतिक समूह गठन गरेर आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा सहभागी हुने भएका छन् । निर्वाचनमा उनीहरुले एमालेको चुनाव चिन्ह सूर्य प्रयोग गर्ने पक्का भएको छ। चुनावपछि उनीहरु एमाले प्रवेश गर्ने लगभग निश्चित भइसकेको छ।

Leave a Reply

Your email address will not be published.