दुई नम्बर प्रदेशमा सबैभन्दा धेरै थारु प्रमुख कांग्रेसबाट चुनिए, विजय गच्छदारको पार्टीबाट शून्य

तेस्रो चरण अर्थात् दुई नम्बर प्रदेशको स्थानीय चुनावमा मिश्रित परिणाम आयो। चुनावको लाभ प्रमुख दलभन्दा मधेसी दलले नै लिए। मधेसमा राम्रो छबि रहेको नेपाली कांग्रेस पहिलो स्थान हासिल गरेपनि सोचेजस्तो परिणाम ल्याउन सकेन। एमालेले सम्भवतः सोच्दै नसोचेको परिणाम ल्यायो। दुई नम्बर सबैभन्दा फलदायी भने माओवादीले लियो। राजपा र संघीय समाजवादीले पनि राम्रो परिणाम ल्यायो। लोकतान्त्रिक फोरम भने ३ सिटमै खुम्चियो।

पहिलो चरणमा १ र दोस्रो चरणमा २३ स्थानीय तह जितेको थारु प्रतिनिधिले भने तेस्रो चरणको चुनावमा  ११ स्थानमा जित हासिल गर्‍यो। सबैभन्दा धेरै नेपाली कांग्रेसबाट ७ जना थारु प्रतिनिधि प्रमुखमा चुनिए। त्यस्तै राजपाबाट २ र एमाले र माओवादीबाट १ जना थारु प्रतिनिधि प्रमुखमा चुनिए।

त्यस्तै उपप्रमुखमा  १५ जना थारु प्रतिनिधि चुनिए। सबैभन्दा धेरै एमालेबाट ८ जना थारु प्रतिनिधि चुनिए। त्यस्तै नेपाली कांग्रेसबाट ५, राजपा र संघीय समाजवादी फोरमबाट एक एक जना थारु प्रतिनिधि चुनिए।

थारुहरुलाई एकीकृत गर्ने अभियानमा लागेको विजय गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमले ३ सिट जितेपनि कुनै थारु उम्मेदवार विजय भएनन्।

नेपाली कांग्रेस
मेयर/प्रमुख
सप्तरी
१ अग्रीसाइर कृष्णासवरन
परशुराम चौधरी — ३३९५ मत
२ शम्भुनाथ नगरपालिका
योगेन्द्र चौधरी — २७७८ मत
३ सुरुङ्गा नगरपालिका
मुक्तीनाथ चौधरी — ५२७९ मत

धनुषा
४ क्षिरेश्वरनाथ नगरपालिका
योगेन्द्र पजियार — ५८९९ मत

रौतहट
५ चन्द्रपुर नगरपालिका
रामचन्द्र चौधरी — ९७८० मत

बारा
६ करैयामाई नगरपालिका
भुनेश्वर धामी थारु — ३३२९ मत

७ बारागढी गाउँपालिका
देवदत्त बछार थारु — २६१८ मत

उपमेयर/उपप्रमुख
सप्तरी
१ अग्रीसाइर कृष्णासवरन
मिना चौधरी — २९४८ मत
२ शम्भुनाथ नगरपालिका
कबिताकुमारी सरदार — २६०६ मत

बारा
३ करैयामाई नगरपालिका
चित्ररेखाकुमारी चौधरी — ३३७२ मत

पर्सा
४ पटेर्वा सुगौली गाउँपालिका
ममता महतो थारु — ३२६३ मत
५ पर्सागढी नगपालिका
अर्चना चौधरी — ४५५९ मत

नेकपा एमाले
मेयर/प्रमुख
पर्सा
१ पटेर्वा सुगौली गाउँपालिका
हरिनारायण चौधरी — २९५७ मत

उपमेयर/उपप्रमुख
सप्तरी
१ सप्तकोशी नगरपालिका
आशा चौधरी — ३२२७ मत

सिरहा
२ नरहा गाउँपालिका
गुलावदेवी चौधरी — १८५५ मत
३ लहान नगरपालिका
सरियार कुमारी चौधरी — १११६८ मत
४ चन्द्रपुर नगरपालिका
रामरति चौधरी — ९९१६ मत

बारा
५ कोल्हबी नगरपालिका
सुनैना चौधरी — ७३२२ मत
६ जितपुर सिमरा उपमहानगरपालिका
सरस्वती चौधरी — १४४५९ मत

पर्सा
७ जिराभवानी गाउँपालिका
उषा चौधरी — २५३८ मत

सर्लाही
८ ईश्वरपुर नगरपालिका
एकादशीदेवी चौधरी — ६६७८ मत

माओवादी केन्द्र
मेयर/प्रमुख
सिरहा
१ धनगढीमाई नगरपालिका
हरि नारायण चौधरी — ५६८३ मत

राजपा
मेयर/उपप्रमुख
रौतहट
१ गजुरा नगरपालिका
सन्तलाल प्रसाद चौधरी — ५०७८ मत

महोत्तरी
२ पिपरा गाउँपालिका
विनोद चौधरी — २०७५ मत

उपमेयर/उप्रमुख
सप्तरी
१ रुपनी गाउँपालिका
बेचनी सरदार — ३९३६ मत

संघीय समाजवादी पार्टी
उपमेयर/उपप्रमुख
पर्सा
१ सखुवा पर्सौनी गाउँपालिका
फुलमती कुमारी थरुइन — ३६७२ मत

दोस्रो चरणको नतिजा

कुन थारु प्रतिनिधिले कहाँबाट विजय हासिल गरे ? सूची हेर्नुस्

Leave a Reply

Your email address will not be published.