रोशनको गीतमा वीर र चन्दाको आइटम डान्स (भिडियो)

थारु गायक रोशन रत्गैँयाको दोस्रो नेपाली गीत सार्वजनिक भएको छ। आफ्नै शब्द र संगीतमा रत्गैँयाले शिक्षा ढुंगेलसँग ड्युट गरेका छन्। आउ नाचौं.. शीर्षकको उक्त गीतको म्युजिक भिडियो म्युजिक नेपालले सार्वजनिक गरेको छ।
गीतको परिकल्पना र निर्माण भने विनय वैद्यले गरेका छन्। डीजेको भूमिकामा आफैँ अभिनयसमेत वैद्यले गरेका छन्। आइटम गीतमा भने थारु म्युजिक भिडियोहरुमा जमिरहेका मोडल वीर चौधरी र चन्दा दाहालले अभिनय गरेका छन्। स्मृति तिमिल्सिनाले निर्देशन गरेको भिडियो सुरेश श्रेष्ठले खिचेका छन्।

Leave a Reply

Your email address will not be published.