नेपाल आइडल विवाद : शुक्रवारसम्म भोट नगन्न अदालतको आदेश

एपी वान टेलिभिजनबाट प्रसारण भइरहेको रियालिटी शो ‘नेपाल आइडल’ विरुद्ध दायर रिटमा काठमाडौं जिल्ला अदालतले शुक्रबारसम्म भोट नगन्न अल्पकालीन अन्तरिम आदेश जारी गरको छ। ‘भदौ २३ गतेसम्म सो भोट गणना गर्ने कार्य नगर्नु नगराउनु भनी अल्पकालीन अन्तरिम आदेश जारी गरिएको छ’, काठमाडौं जिल्ला अदालतका रजिष्ट्रार कृष्ण शर्मा नेपालले बताए। २३ गते दुवै पक्षलाई बोलाएर बहस हुनेछ।

आइडलविरुद्ध सोमबार अधिवक्ता यज्ञमणि न्यौपानेले करार ऐन २०५६ को दफा ८७ को देहाय १ र २ बमोजिम मुद्दा दायर गरेका थिए। गत साता प्रसारित कार्यक्रममा जनताबाट आएको भोट ३७ लाख २० हजार २८० भएको सार्वजनिक गरिए पनि कसको पक्षमा कति भोट भन्ने सुनाइएको थिएन र कम भोट ल्याउने एक जना आउट हुनुपर्नेमा गरिएको थिएन। नेपाल आइडलमा अहिले चार जना प्रतिस्पर्धी रहेका छन्।

Leave a Reply

Your email address will not be published.