उम्मेदवार छनौटमा थारु नपरेपछि लेखीले भने, ‘राजपामा परिवारवाद हाबी भयो’

स्थानीय तहको चुनावमा उम्मेदवार छनौटको बिषयलाई लिएर राष्ट्रिय जनता पार्टी (राजपा) भित्रको विवाद चुलिएको छ। उम्मेदवार छनौटमा थारु, आदिवासी, जनजाती लगायतलाई उपेक्षा गरिएको भन्दै महासचिव राजकुमार लेखीले विज्ञप्तिमार्फत असन्तुष्टि जनाएका छन्।

लेखीले उम्मेदवार छनौटमा परिवारवाद हाबी भएको आरोप लगाएका छन्। उनले समावेशी सिद्धान्त लत्याएर गरिएको मनोनयनका कारण आउने चुनावी नतिजाप्रति अध्यक्षमण्डल जिम्मेवार हुने चेतावनी दिएका छन्।

विगतमा तराईका थारुको अधिकारको आवाज उठाउँदै आएका लेखी मधेस केन्द्रीत दलहरु मिलेर राजपा गठन हुनुपूर्व राजेन्द्र महतो नेतृत्वको सदभावना पार्टीसँग आफ्नो नागरिक समाजवादी पार्टी एकीकरण गरेका थिए।

Leave a Reply

Your email address will not be published.