कोरियामा ज्यान गुमाउने चौधरी परिवारलाई थाकस कोरियाको सहयोग

थारु कल्याणकारिणी सभा (थाकस) दक्षिण कोरिया शाखाले कैलालीको धनगढी उपमहानगर पालिका-१४ फूलबारी एच गाउँका छविलाल चौधरीको परिवारलाई सहयोग गरेको छ। दक्षिण कोरियामा बङगुरफार्मको ट्यांकी सफा गर्ने क्रममा गत जेठ ४ गते निजको असामायिक निधन भएको थियो।
थाकस दक्षिण कोरियाको पहलमा त्यहाँ कार्यरत युवाबाट संकलित कोरिएन वोन ९ लाख (८२ हजार रुपैयाँ) मृतकको दाइ जागुराम चौधरीलाई प्रतिनिधि इन्› बहादुर चौधरीबाट हालै हस्तान्तरण गरियो।

Leave a Reply

Your email address will not be published.