सन्जीत महतोको उपचारमा लेखीको चासो, आर्थिक साहयता जुटाइदिने प्रतिबद्धता

घाइते सन्जीत महतोको विषयमा ढिलैभएपनि तत्काली आन्दोलनका अगुवा नेता लेखीले चासो देखाए
सक मधेस एक प्रदेशविरुद्ध भएको थरुहट आन्दोलनका घाइते सन्जीत महतोको विषयमा तत्कालीन आन्दोलनका अगुवा नेता राजकुमार लेखीले चासो देखाएका छन्। घाइते महतोको स्वास्थ्य उपचारका लागि उनले आफ्नै पहलमा आर्थिक संकलनमा जुटेका छन्।
लेखीका अनुसार तत्कालका लागि व्यक्तिगत ५ हजार र थारु कल्याणकारिणी सभाका केन्द्रीय अध्यक्ष धनिराम चौधरीबाट ५ हजार, थारू युवा सभाका केन्द्रीय अध्यक्ष कानुनलाल चौधरीबाट ५ हजार, थारु महिला सभा मोरङबाट ५ हजार र थारु कानुन व्यवसायी सभाबाट ५ हजार रुपैयाँ गरी २५ हजार रुपैयाँ संकलन भएको भएको छ। यो रकम सन्जीत महतोको नाममा रहेको बैंकखातामा जम्मा गरिने उनले जानकारी दिए।

थप आर्थिक सहयोगका लागि अन्य विभिन्न व्यक्ति एवं संघ संस्थासँग आह्वान गरिएको उनले बताए। आन्दोलनको क्रममा सुरक्षाकर्मीको गोली लागेर घाइते भएका सन्जीत महतोको आर्थिक अभावका कारण उपचार हुन सकेको थिएन। चितवनका थारु पत्रकार र अगुवाहरुको पहलमा घाइते सन्जीतको भरतपुरस्थित एलाइभ हस्पिटल एण्ड ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

घाइते महतोको उपचारसँगै परिवारको दीगो व्यवस्थापनका लागि राहत कोष स्थापना गरिएको छ। कोषमा जम्मा भएका आर्थिक सहयोगहरु पूर्णरुपमा पारदर्शी र जवाफदेही बनाउनका लागि विभिन्न समिति, उपसमितिहरु समेत गठन भएका छन्।

सन्जीतको उपचारपछि उनको परिवारका लागि दीगो आयआर्जनको व्यवस्थापन गर्नुपर्ने छ। यी सबै काम सकेपछि स्थापना गरिएको कोष स्वतः बन्द हुनेछ। कोषमा जम्मा भएका सबै रकम र सहयोग गर्नुहुने व्यक्तिहरुको नामसहित सन्जीत महतोको जीवनमा आएको परिवर्तन र पहिलेको अवस्थाको विषयसहित हामीले एउटा म्यागेजिन तयार पार्ने कोषका संयोजक शरदकुमार चौधरीले जानकारी दिए।

Leave a Reply

Your email address will not be published.