कैलालीको गौरीगंगामा भीमबहादुर र अञ्चला चौधरी विजयी

कैलालीको गौरीगांगा नगरपालिकाका एमालेले जितेको छ । एमालेका भीमबहादुर देउवा ५८९१ मत ल्याएर मेयरमा निर्वाचित भए । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका देवीदत्त कँडेले ५८३० मत ल्याए । जम्मा ६१ मतान्तरले एमालले जितेको हो । कांग्रेसका दिनेश जोशीले ५२९२ मत ल्याए ।

उपमेयरमा पनि एमाले नै विजयी भएको छ । एमालेकी अञ्चला चौधरीले ६१६३ मत ल्याएर जितिन् । उनकी निकटतम प्रतिद्वन्द्वी माओवादीकी करुणा चौधरीले ५३७३ मत ल्याइन् । कांग्रेसकी मेनका जोशीले ५३४९ मत ल्याएर हार बेहोरिन् ।

Leave a Reply

Your email address will not be published.