रामजनमको गाउँपालिकामा कांग्रेसको छलाङ

नेपाल लोकतान्त्रिक फोरमका उपाध्यक्ष रामजनम चौधरीको जोशीपुर गाउँपालिकामा कांग्रेसले अग्रता लिएको छ। कांग्रेसका तर्फबाट अध्यक्षका उम्मेदवार रामकृष्ण चौधरी लोकतान्त्रि फोरमका उम्मेदवार बिरुप्रसाद चौधरी भन्दा ३६१ मतले अघि रहेका छन। बिरुप्रसाद रामजनमका दाई हुन्।

हालसम्म गणना भएको मध्ये १३ हजार ५७९ मत मध्ये रामकृष्णले २ हजार ८२७ र बिरुप्रसादले २ हजार ४६६ मत प्राप्त गरेका छन। जोशीपुरमा वडा नं. ७ को करिव १ हजार ९ सय मत गणना भैरहेको निर्वाचन अधिकृत जीवनाथ पोखरेलले जानकारी दिएका छन।

उपाध्यक्षमा समेत लोकतान्त्रिक फोरमका सांसद जनकराज चौधरीकी श्रीमती किरण चौधरी कांग्रेसकी गीता कठरियाभन्दा मतान्तरमा पछि रहेको बताइएको छ।

जोशीपुरका ५ वटा वडामा काँग्रेसले वडाध्यक्षमा जितेको छ। वडा नं. १ मा विधि चौधरी, २ मा हेमलाल चौधरी, ३ मा इश्वर कठरिया, ५ मा देशराज चौधरी र ६ मा नथ्थुप्रसाद डगौरा विजयी भएको निर्वाचन अधिकृत पोखरेलले बताए। वडा नं. ४ मा फोरमका वडाध्यक्ष लखन चौधरी विजयी भएका छन।

Leave a Reply

Your email address will not be published.