घोराहीमा नरुलाल चौधरी र लमहीमा जोगराज चौधरीको अग्रता कायमै

सुरुवाती चरणबाटै अग्रता कायम गरेको नेकपा एमालेले दाङका दुई उपमहानगरपालिकामा मतान्तर फराकिलो पार्दै लगेको छ। घोराही उपमहानगरपालिकामा नेकपा एमालेका मेयर उम्मेदवार नरुलाल चौधरीले २ हजार ५४ मत प्राप्त गर्दा दोस्रो स्थानमा रहेका कांग्रेसका भुपवहादुर डाँगीको मत १ हजार १ सय ८६ छ।

माओवादीका जीवन गौतम ५ सय ३५ मतका साथ तेस्रो स्थानमा छन्। यस्तै उपमेयरमा एमालेका सीता न्यौपानेले १ हजार ९ सय ८२ मतका साथ अग्रता कायम राखेकी छन् भने कांग्रेसकी पुष्पा श्रेष्ठ १ हजार २ सय ३३ मतका साथ दोस्रो र माओवादी केन्द्र की सीता चौधरी ५ सय ५५ मतका साथ तेस्रो स्थानमा छन्।

त्यसैगरी तुलसीपुर उपमहानगरपालिकामा पनि एमालेकै घनश्याम पाण्डेले एक हजार ८४ मत साथ अग्रता कायमै राखेकमा छन्। ७ सय ८८ मतका साथ कांग्रेसका गेहेन्द्र गिरी दोस्रो स्थानमा छन् भने माओवादीका शेषुराम भण्डारीले ८० मत ल्याएका छन्।

यस्तै उपमेयरमा एमालेकी मायाँ आचार्यले १ हजार ४२मत प्राप्त गर्दै अग्रता कायम राखेकी छन् भने कांग्रेसका देबकी नेपालीले ८ सय २९ र माओवादीकी सीता ओलीले १२० मत प्राप्त गरेकी छन्।

उता लमही नगरपालिकामा भने कांग्रेसले अग्रता लिएको छ। मेयरमा कांग्रेसका मेयर उम्मेदवार जोगराज चौधरीले ३ सय ९८ मतका साथ अग्रता कायम राखेका छन् भने एमालेका मेयर उम्मेदवार कुलवहादुर केसी ३ सय १२ मतका साथ दोस्रो स्थानमा छन्। माओवादी केन्द्रका द्रोपदा पौडेलले २ सय ९ मत ल्याएकी छन्।

यस्तै उपमेयरमा कांग्रेसकी देबका बेलबासेले ४ सय २ मतका साथ अग्रता लिएकी छन् भने उपमेयरमा मिना गुरुङ २ सय ९१ मतका साथ दोस्रो स्थानमा र माओवादीका कालुराम चौधरीले २ सय २० मत पाएका छन्। अहिले मतगणना भैरहेका ६ गाउँपालिका मध्य ३ मा माओवादीले अग्रता लिएको छ भने कांग्रेस र एमालेले एक/एक गाउँपालिकामा अग्रता लिएका छन्।

माओवादीले राजपुर, बंगलाचुली र शान्तिनगर गाउँपालिकामा अग्रता लिएको छ भने कांग्रेसले राप्ती गाउँपालिकामा र एमालेले दंगिशरण र गढवा गाउँपालिकामा अग्रता लिएको छ। दाङको बबई गाउँपालिकामा भने फर्जी मतको बिषयमा बिबाद हुँदा गणना सुरु हुन सकेको छैन।

Leave a Reply

Your email address will not be published.