मतदान गर्दागर्दै उदयपुरमा श्रीलाल चौधरीको मृत्यु

उदयपुरको गुदिपुर वेलका नगरपालिका-३ को मादी मतदान केन्द्रमा मतदान गर्दागर्दै एक वृद्धको मृत्यु भएको छ। मतपत्र लिएर मतदान गर्न गएका ६० वर्षीय श्रीलाल चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ। स्थानीय शिक्षक गिरीलाल परियारका अनुसार उनी मतपत्र लिएर गएपनि धेरैबेरसम्म फर्किएनन्। त्यहाँ जाँदा उनी मृत अवस्थामा भेटिएका थिए। हृदयघातका कारण मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ।

Leave a Reply

Your email address will not be published.