चर्चामा ‘चुरिया, गुरिया’ म्युजिक भिडियो

अविनाश चौधरी/धनगढी।

पछिल्लो समय बजारमा आएको ‘सजन ऐही एक दिन, चुरिया गुरिया लैके’ गीतमा बनेको म्युजिक भिडियोले दर्शकको गतिलो साथ पाउन सफल भएको छ। खास गरेर युवा पुस्तालाई लक्षित गरेर बनाइएको यो म्युजिक भिडियोले सबै उमेर समूहका दर्शकहरुको मन जित्न सफल भएको हो । गीत र अभिनय स्तरीय रहेका कारण अरु म्युजिक भिडियो भन्दा निकै राम्रो लागेको धनगढीकी आरती चौधरीले बताइन्।

मसुरियास्थित हमार म्युजिक बगिया प्रालिले उत्पादन गरेको यो म्युजिक भिडियोले सर्वत्र चर्चा बटुलिरहेको छ। सबैतिरबाट सकारात्मक प्रतिक्रिया आएको उल्लेख गर्दै हमार म्युजिक बगियाका अध्यक्ष समेत रहेका मोडल वीर चौधरीले ‘सजन ऐही एक दिन, चुरिया, गुरिया लैके’ ले राम्रै चर्चा पाएको बताए।

‘हमार म्युजिक बगियाले आधुनिक र लोक भाकामा आधारित म्युजिक भिडियो उत्पादन गर्दै आएको छ,’ अध्यक्ष चौधरीले भने, ‘पछिल्लो पटक बनेको यो म्युजिक भिडियोलाई दर्शकले राम्रो साथ दिएका छन्।’

टिक्नु र बिक्नुपर्ने बाध्यताका कारण थारु भाषाका आधुनिक गीतमा म्युजिक भिडियोहरु बढी मात्रामा बनिरहेका छन्। यद्यपि, संस्कृति संरक्षणको पाटोलाई समेत मध्यनजर गरेर कलाकारहरु अगाडि बढ्न आवश्यक रहेको बताइएको छ।

यो म्युजिक भिडियोमा बर्दगोरिया गाउँपालिकास्थित बौनियाँका मोडल वीर चौधरी र एलिसा चौधरीले अभिनय गरेका छन्। मोडलिङमा नवप्रवेशी एलिसाको अभिनयले ‘डेब्यु’मै चर्चा पाएको छ।

सुवेश कठरियाको शब्दमा गायिका मनिषा पोखरेलले स्वर दिएकी छन्। गणेश चौधरीले संगीत भरेको उक्त म्युजिक भिडियोमा सुधराम दहितको नृत्य निर्देशन रहेको छ। कैलाली र दाङको देउखुरीमा यो म्युजिक भिडियो छायांकन गरिको थियो।

भिडियो हेर्नुस्:

Leave a Reply

Your email address will not be published.