थारु बाहुल्य रहेको खैरहनी नगरमा एमालेका पूर्वसभासद् लालमणि चौधरी मेयरमा निर्वाचित

चितवनको खैरहनी नगरपालिकामा मेयर-उपमेयरसहित नेकपा एमालेले बहुमत वडामा आफ्नो बर्चश्व कायम गरेको छ। मेयरमा नेकपा एमालेका पूर्वसभासद लालमणी चौधरी १० हजार ७१७ मत मत प्राप्त गरी बिजयी भएका छन्। उपप्रमुखमा पनि एमालेकै सुनिता थपलिया १० हजार ७५१ मतका साथ बिजयी भएकी छन्।

मेयरमा कांग्रेसका निकटतम प्रतिद्वन्द्वी राजेन्द्र चौधरीले ९ हजार ७३७ मत प्राप्त गरेका छन् भने उपमेयरमा कांग्रेसकै सुशीला उप्रेतीले ९ हजार ८८८ मत प्राप्त गरेकी छन्। नगरपालिकाका १३ वडामध्ये ७ वडा एमाले र ६ वडा कांग्रेसले जितेको छ।

खैरहनीको मतपरिणाम सार्वजनिक भएसँगै अब चितवनमा भरतपुर महानगरपालिका बाहेक सबै स्थानीय तहको परिणाम आइसकेको छ। पूर्वी चितवनका चारओटै नगरपालिकामा एमालेले बिजय हासिल गरेको छ। जिल्लाको एक महानगरपालिका, ५ नगरपालिका र एक गाउँपालिकामध्ये एमाले ४ नगरपालिका जितेर पहिलो पार्टी बनेको छ।

त्यस्तै माओवादीले माडी नगरपालिका जितेको छ भने कांग्रेसले इच्छाकामना गाउँपालिकामा अध्यक्ष जितेको छ।

Leave a Reply

Your email address will not be published.