इतिहास बोकेका थारु समुदायलाई उपेक्षा गर्‍यो : अशोक राई

Ashok Raiउन्नती चौधरी/धनगढी

पहिचान पक्षधरका नेताहरुले कञ्चनपुरदेखि चितवनसम्मको जिल्लालाई थरुहट प्रदेश बनाउन जोड दिएका छन्। थारुवान/थरुहट आन्दोलन परिचालन संघर्ष समितिको आयोजनामा भएको आम सभामा नेताहरुले सो कुरामा जोड दिएका हुन्।
आम सभालाई सम्बोधन गर्दै संघीय समाजवादी फोरम नेपालका अशोक राइले हजारौं वर्षको इतिहास बोकेका थारु समुदायलाई उपेक्षा गरेर आउने संविधान स्वीकार्य नहुने बताए। उनले थरुहट माग्द आशंकाको घेरामा बस्नेहरुले विभिन्न भ्रमहरु फैलाएको आरोप लगाए।
उनले सबै वर्ग समुदायको हक अधिकार सुनिश्चताका लागि पहिचानसहितको संघीय संविधान मुलुकको आवश्यकता भएको बताए।

त्यस्तै नेकपा-माओवादीका सचिव देव गुरुङले स्वायत्तताको अधिकार स्थापित नभएसम्म आन्दोलन जारी रहने बताए। उनले सामन्तीवादी राज्यले कहिल्यै पनि उत्पीडनमा परेका समुदायलाई माथि उठ्न नदिने बताउँदै २ सय वर्ष अगाडी र २ वर्ष पछाडि रहेका समुदायलाई बराबर अधिकार पाउनको लागि अग्रअधिकार, विशेषअधिकार र स्वयत्त अधिकार खोसेरै लिनुपर्ने बताए।

Leave a Reply

Your email address will not be published.