राष्ट्रिय टी–ट्वान्टी क्रिकेटको उपाधि नेपाल आर्मीलाई

काठमाडौं- राजधानीमा सम्पन्न राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि नेपाल आर्मी क्लबले हात पारेको छ। कीर्तिपुर मैदानमा भएको सो प्रतियोगिताअन्तर्गत आज भएको फाइनल खेलमा विभागीय टिम सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई ५ विकेटले पराजित गर्दै उपाधि हात पारेको हो।
पहिलो पटक सहभागिता जनाएको आर्मीले सुरुवाती खेलमा नै राम्रो प्रदर्शन गर्यो । यस्तै आर्मीले उपाधिसँगै रु एक लाख २५ हजार नगद पुरस्कार प्राप्त गर्योख भने उपविजेता बनेको एपिएफले ७५ हजार नगदमा चित्त बुझायो।
प्रतियोगितामा टस जितेर व्याटिङ रोजेको एपिएफले १६ ओभरमा सात विकेटको क्षतिसँगै ११२ रन बनायो। यस्तै ११३ रनको लक्ष्यलाई पछ्याउँदै आर्मीले १५.२ ओभरमा ५ विकेटको क्षतिसँगै आफ्नो लक्ष्य पूरा गर्दै उपाधि चुम्न सफल भयो।
प्रतियोगितामा उत्कृष्ट ब्याट्सम्यानको उपाधि एपिएफका ज्ञानेन्द्र मल्लले प्राप्त गरे भने उत्कृष्ट बलरको उपाधि नेपालगञ्ज क्षेत्र नम्बर ५ का आकाश विष्टले पाए। दुवैले जनही रु १० हजार नगद पाए। यसैगरी नेपालगञ्ज क्षेत्र नम्बर ५ का महेश क्षेत्री म्यान अफ द सिरिज घोषित हुँदै रु १५ हजार नगद पुरस्कार प्राप्त गरे।

Leave a Reply

Your email address will not be published.