विजय गच्छदार उपप्रधानसहित सरकारमा, गोपाल दहित र जितेन्द्र देव पनि मन्त्री बने

स्थानीय विकास मन्त्रालयसहित तीन मन्त्रालय लिएर विजयकुमार गच्छदार सरकारमा सहभागी भएका छन्। गच्छदारले स्थानीय विकास मन्त्रालय, भूमिसुधार मन्त्रालय र पर्यटन मन्त्रालय पाउने भएका छन्।

पार्टीका प्रमुख सचेतक योगेन्द्र चौधरीका अनुसार अध्यक्ष गच्छदार उपप्रधानसहित स्थानी विकास मन्त्रालय, गोपाल दहितले भूमी सुधार मन्त्रालय र जितेन्द्र देवले पर्यटन मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछन्।

दहित थरुहट तराई पार्टी नेपालको एकीकरणपछि नेपाल लोकतान्त्रिक फोरममा पुगेका थिए।

Leave a Reply

Your email address will not be published.