अखण्ड संघीय नेपालको अवधारणा बोकेको गच्छदार पार्टीको घोषणा पत्र (पूर्ण पाठसहित)

नेपाल लोकतान्त्रिक फोरमले स्थानीय निकायलाई भौतिक सुविधासम्पन्न, आत्मनिर्भर र उच्च प्रविधियुक्त बनाउने अवधारणा ल्याएको छ ।

स्थानीय तह निर्वाचन–२०७४ को घोषणापत्र आज सार्वजनिक गर्दै लोकतान्त्रिक फोरमले गाउँपालिका, नगरपालिका र जिल्ला समन्वय समितिलाई शासनमुखी नभई सेवामुखी बनाउने प्रतिबद्धता जनाएको हो ।

विश्व प्रविधिमा आएको परिवर्तनसँगै स्थानीय तहलाई उच्च प्राविधिक सुविधा सम्पन्न बनाई जनताका सेवा चुुस्त र दुरुस्त बनाउने नीति लिएको फोरमले स्थानीय तहको कर्मचारी प्रशासनलाई समानुपातिक, समावेशी बनाउने घोषणापत्रमा उल्लेख छ ।

लोकतान्त्रिक समाजवादलाई मूल राजनीतिक दर्शन मानेर सङ्घीय र प्रदेशको जातीय जनसङ्ख्याको अनुपातमा समानुपातिक समावेशी शासन प्रणाली अवलम्बन गर्दै समानतामा आधारित समृद्ध आधुनिक नेपालको निर्माण गर्ने अठोट लिएको छ ।

“सङ्घीय र समानुपातिक समावेशी लोकतन्त्रको सुनिश्चितता–अधिकार, विकास र भ्रष्टाचारमुक्त प्रशासन हाम्रो प्रतिबद्धता” भन्ने मूल नारासहित ल्याइएको घोषणापत्रमा तराई, मधेस, महाड र हिमाललाई जोड्न र भावनात्मक एकतालाई अझ बलियो र विश्वासिलो बनाउने तथा भ्रष्टाचारमुक्त जनमुखी प्रशासन बनाउने लक्ष्य लिइएको छ ।

सत्ताइस बुँदे घोषणापत्रमा उत्पादनमूलक विकास गरी रोजगारीको सिर्जना गर्ने, विदेश पलायनलाई निरुत्साहन, विप्रेषणलाई उत्पादनमूलक क्षेत्रमा प्रवाह, वैदेशिक लगानीको प्रोत्साहन, शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन क्षेत्रको विकासका लागि अवधारणा समेटिएको छ ।

त्यस्तै सडक सुविधा नपुगेको हिमाली र पहाडी क्षेत्रमा रञ्जुमार्ग, पूर्व–पश्चिम र उत्तर–दक्षिण जोड्ने सुरुङमार्ग निर्माणका लागि स्थानीय पूर्वाधार निर्माणमा लोकतान्त्रिक फोरमले प्रतिबद्धता जनाएको छ ।

उक्त घोषणापत्र सार्वजनिक गर्दै लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदारले तीन ठूला राजनीतिक दलले मुलुकको राजनीतिलाई बिगारेको भन्दै निर्वाचनबाट आफ्नो पार्टी ठूलो बनेर नेतृत्वदायी भूमिका खेल्ने दाबी गरे ।

मुलुकको राष्ट्रिय राजनीतिलाई सही दिशा दिन आफ्नो पार्टीको नेतृत्वको आवश्यकता औँल्याउँदै उहाँले लोकतान्त्रिक फोरमले कुनै एउटा क्षेत्र, भू–भाग, जाति विशेष नभई तराई–मधेस, पहाड र हिमालका सबै जनताको आस्था बोक्ने पार्टीका रुपमा उदाउने बताए ।

घोषणा पत्रको पूर्ण पाठ

संघीय र समानुपातिक समावेसी लोकतन्त्रको सुनिश्चितता ।
अधिकार, विकास र भ्रष्टाचारमुक्त प्रशासन हाम्रो प्रतिबद्धता ।।

नेपाल लोकतान्त्रिक फोरमको प्रतिबद्धता पत्र
स्थानीय तह निर्वाचन – २०७४

आदरणीय दाजुभाइ तथा दिदी बहिनीहरु,
स्थानीय निकायको निर्वाचन हुन गइरहेको यस ऐतिहासिक क्षणमा नेपाल लोकतान्त्रिक फोरम (साविक मधेशी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक), थरुहट तराई पार्टी नेपाल, राष्ट्रिय जनमुक्ति पार्टी, नेपाल (लोकतान्त्रिक), दलित जनजाति पार्टी, नेपाल र नयाँ शक्ति पार्टी नेपालको सशक्त समूह) को यो चुनावी घोषणा पत्र सार्वजनिक गरी रहदा सर्वप्रथम संघीय र समानुपातिक समावेसी लोकतन्त्रको निम्ति र वर्तमान अधुरो तथा धोकापूर्ण संविधानमा संशोधनको लागि मधेस, थरुहट, आदिवासी जनजाति, मुस्लिम, महिला, दलित (सिल्पी), आदि आन्दोलनको क्रममा ज्यानको आहुति दिने सम्पूर्ण बीर शहीदहरुलाई श्रद्धा र सम्मानपूर्वक स्मरण गर्दै भावपूर्ण श्रद्धान्जली अर्पण गर्दछौं । साथै नेपाली समाजमा बिद्यमान वर्गीय, जातीय, क्षेत्रीय, लिड्डीय, भाषिक आदि विभिन्न किसिमका विभेद् र उत्पीडनको बिरुद्ध जीवन पर्यन्त संघर्षको अगुवाई गर्ने सम्पूर्ण अग्रजहरुप्रति नतमस्तक हुँदै र सम्मान प्रकट गर्दै न्याय एवं समानताको लागि चलिरहेको यो आन्दोलनलाई गन्तव्यसम्म पु¥याउने अठोट र प्रतिबद्धता ब्यक्त गर्दछौं । ती आन्दोलनका घाइते, अपाड्ड भएका जिउँदा शहीदहरु, जेल बन्दी र पीडित परिवारलाई स–सम्मान स्मरण गर्दै उनीहरुको व्यवस्थापन र पुनस्थापनाको लागि प्रतिबद्ध रहने प्रण गर्दछौं ।

राजनीतिक तथ्य र हाम्रो दृष्टिकोण
न्यायप्रेमी दाजुभाइ तथा दिदी बहिनीहरु,
२०७२ साल असोज ३ गते नेपालको तात्कालिन संविधान सभाबाट संविधान घोषणा भईरहँदा त्यस कार्यक्रममा हाम्रो पार्टीको संसदीय दलको उपस्थिति थिएन र हाम्रा सभासदहरुले बर्तमान संविधानमा हस्ताक्षर गरेनन् । त्यसको मुख्य कारण २०७२ साल जेठ २५ गते हाम्रो पार्टीका नेता बिजय कुमार गच्छदारज्यूको पहल र अगुवाईमा प्रमुख चार पार्टीहरु बीच सम्पन्न सोह्र बुँदे सहमतिको मर्म र भावनालाई शामन्ती सोच बोकेका केही पार्टीहरुबाट गरिएको निषेध र उलंघन नै हो । दोस्रो प्रमुख कारण ती यथास्थितिवादी साेंच र चिन्तनबाट ग्रस्त दलका केही नेतृत्वले निहित ब्यक्तिगत स्वार्थ परिपूर्तिको लागि आफ्नो निर्वाचन क्षेत्र र जिल्लालाई सुरक्षित बनाउन उद्दत भई पहिचानका पाँच र सामथ्र्यका चार आधारमा प्रदेशको सिमाड्ढन गर्ने आमसहमतिलाई खुलेआम उलंघन गर्नु, यसैगरी अन्तरिम संविधान २०६३ ले नेपाली नागरिकलाई दिएका जातिय जनसंख्याको आधारमा समानुपातिक समावेसी प्रतिनिधित्व र रोजगारी लगायतको अधिकारलाई कुन्ठित गर्दै अपुरो र अधुरो संविधान निर्माण गरी बलजती घोषणा गरेकोले आत्मघाती संविधानमा हस्ताक्षर गर्ने अवस्था रहेन ।
हामीले संविधान संशोधनको विषयलाई उच्च प्राथमिकतासाथ सडक र सदनमा उठाई रहेको, निरन्तर आन्दोलनमा सहभागी रहेको र संविधान संशोधन बिना यसको कार्यान्वयन हुन नसक्ने निस्कर्ष सहितको राजनीतिक अडान सार्वजनिक रुपमा व्यक्त गरिरहेको सर्वविदितै छ । नेपालको राष्ट्रिय राजनीति अहिले संविधान संशोधनपछि चुनाव वा संशोधन बिना चुनाव भन्ने विषयमा दुविधाग्रस्त अवस्थाबाट गुज्रिरहेको छ ।
देशमा मधेशी, आदिवासी जनजाति, थारु, दलित (सिल्पी), मुस्लिम, पिछडावर्ग, अल्पसंख्यक, सिमान्तकृत, लोपोन्मुख र सीमान्तकृत समूह साथै क्षेत्रीय उत्पीडन र विभेद्मा पारिएका कर्णाली क्षेत्र लगायतका सम्पूर्ण नेपाली जनताहरु आन्दोलित छन्, र संविधान संशोधनको विषयलाई मुख्यरुपमा उठाईरहेको अवस्था छ ।
यस्तो पेचिलो परिस्थितिमा देशभित्र द्वन्द्व झन चर्किन सक्ने सम्भावित राजनीतिक परिदृश्यभित्र बर्तमान संविधानलाई सर्वस्वीकार्य बनाउन र आन्दोलनरत शक्तिहरुलाई चुनावमा समेट्न संविधानमा संशोधन अनिवार्य रहेको राजनीतिक मत र अडान हाम्रो पार्टी सार्वजनिक गर्दछ ।
संविधान संशोधन नगरी, आन्दोलनकारीहरुलाई नसमेटी र राजबन्दीहरुलाई निशर्त रिहा नगरी मुलुक चुनावमा होमियो भने झन द्वन्द्वमा फस्ने र नेपाली–नेपाली बीच मनोवैज्ञानिक विभाजनको खाडल झन फराकिलो बन्दै प्रकारान्तरमा यसले देशलाई लामो समयसम्म अस्थिरता र अराजकताको भुमरीमा फसाउने हाम्रो पार्टीको ठहर छ ।
जातीय, वर्गीय, क्षेत्रीय, लिड्डीय, धार्मिक र सांस्कृतिक विभेद्मा पारिएका जनताका साथै किसान, मजदूर, भूमिहीन, मुक्त कमैया, कम्लह्री, हरुवा, चरुवा, हलिया, राष्ट्रसेवक (सैनिक, प्रहरी र कर्मचारी) लगायत सबैका समस्यालाई सम्बोधन नगरी हचुवाका भरमा ल्याईएको कुनै पनि संविधानले मुलुकलाई स्थायी समाधान दिन नसक्ने हाम्रो निस्कर्ष छ ।
स्थानीय तहको महत्व
आदरणीय दाजुभाइ तथा दिदी बहिनीहरु ः
दुई दशकपछि संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल स्थापना पश्चात घोषित पहिलो आसन्न स्थानीय तहको निर्वाचन स्थानीय तहको अधिकारको सन्दर्भमा एउटा ऐतिहासिक निर्वाचन हो । वर्तमान संविधानले स्थानीय तहलाई विधायिकी, कार्यकारी तथा न्यायिक अधिकार प्रदान गरी यसलाई अत्यधिक शक्तिशाली बनाएको छ । नगर प्रहरी, सहकारी संस्था, एफ. एम. संचालन, स्थानीय कर (सम्पति कर, घर वहाल कर, घर जग्गा रजिष्टे«शन शुल्क, सवारी साधन कर, सेवा शुल्क दस्तुर, पर्यटन शुल्क, विज्ञापन कर, व्यवसाय कर, मालपोत) संकलन, स्थानीय सेवाको व्यवस्थापन, स्थानीय तथ्याड्ढ र अभिलेख व्यवस्थापन, स्थानीय स्तरका विकास आयोजना तथा परियोजनाहरु, आधारभूत र माध्यमिक शिक्षा, आधारभूत स्वास्थ्य र सरसफाई, स्थानीय बजार व्यवस्थापन, वातावरण र जैविक विविधताको संरक्षण सम्र्बद्धन, स्थानीय सडक, ग्रामीण सडक, कृषि सडक, सिंचाईको उपयुक्त व्यवस्था, स्थानीय अदालत, घर जग्गा धनीपुर्जा वितरण, कृषि तथा पशुपालन, ज्येष्ठ नागरिक र असहायहरुको व्यवस्थापन, बेरोजगारको तथ्याड्ढ संकलन, खानेपानी, लघु जलविद्युत आयोजना, वैकल्पिक उर्जा, विपद व्यवस्थापन, जलाधार बन्यजन्तु तथा खनिज पदार्थको संरक्षण, भाषा–संस्कृति र ललितकलाको संरक्षण र सम्वर्∫न जस्ता व्यापक क्षेत्रहरुलाई स्थानीय तहको अधिकार र कर्तव्यको क्षेत्र भित्र राखेको छ । तसर्थ यस्ता क्षेत्रहरुमा गहन अध्ययन, सोंच, दखल र अनुभव भएका इमान्दार व्यक्तिहरु स्थानीय तहमा निर्वाचित भएमा देश र समाजको चमत्कारिक परिवर्तन हुने हाम्रो निस्कर्ष रहेको छ ।

हाम्रा उम्मेदवारलाई मत किन ?
(१) हामीसित गतिशील नेतृत्व छ ः
हाम्रा राष्ट्रिय अध्यक्ष विजय कुमार गच्छदार नेपाली राजनीतिका अनुभवी र चिरपरिचित व्यक्तित्व हुनुका साथै नेपालको लोकतान्त्रिक आन्दोलनका अथक योद्धा हुनुहुन्छ । स्पष्ट दृष्टिकोण भएका गतिशील तथा मध्यमार्गी नेता हुनुहुन्छ । परिपक्व र व्यावहारिक नेता हुनुका साथै अहिलेको चुनौतीपूर्ण राजनीतिक क्षणमा तराई÷मधेस, पहाड र हिमाललाई भौगोलिक, जातिय, बैचारिक र भावनात्मक रुपमा जोडन सक्ने एकमात्र नेता हुनुहुन्छ । समग्र मुलुकको कुरा गर्ने र न्याय, समानता तथा अधिकारको लागि दत्तचित्त भएर निरन्तर जुझी रहने इमान्दार नेताको रुपमा सवै भूगोल र समुदायका नेपाली नागरिकहरुले उहाँमाथि भरोसा गर्दछन् ।
सिंगापुरमा लि क्वान यु, मलेसियामा महाथिर मोहम्मद र दक्षिण कोरियामा पार्क चुङहीको नेतृत्वमा शुरु गरिएका देश विकासका अभियानका सफलता आज विश्वमा उदाहरणको रुपमा स्थापित छन् । देश विकासप्रतिको स्पष्ट दृष्टिकोण, अनुभव र दृढ निश्चयले गर्दा जनताको मत र साथ पाए समृृद्ध र समानुपातिक नेपालको निर्माणका लागि प्रभावकारी नेतृत्व दिन उहाँ सफल हुनुहुनेछ भन्ने विश्वास देश विदेशमा छ ।
स्थानीय तहका हाम्रा सबै उम्मेदवारहरु पार्टीको नीति, कार्यक्रम र प्रतिबद्धतापत्र अनुसार जनताको सेवा, स्थानीय विकास, देशभक्ति र सामाजिक सदभाव प्रति कर्तब्यनिष्ठ र प्रतिबद्ध छन् । जनसेवालाई सर्वोपरी ठानेर आफ्नो पदीय जिम्मेवारीप्रति सदा समर्पित रहन पार्टीको निर्देशन रहेको छ । हृदयमा इमान्दारी, मस्तिष्कमा समभ्mदारी र कर्तव्यमा वफादारी को सपथ लिएर “नमस्कार” चुनाव चिन्ह लिई घरदैलोमा आएका नेपाल लोकतान्त्रिक फोरमका उम्मेदवार नै तपाईहरुको सर्वोत्तम रोजाई र खोजाई हुनु पर्दछ भन्नेमा हामी विश्वस्त छौं ।
(२) हामीसित स्पष्ट नीति र दृष्टिकोण छ ः
हाम्रो पार्टीले लोकतान्त्रिक संघीय समाजवादलार्ई मूल राजनैतिक दर्शन मान्दछ । संघीय र प्रदेशको जातिय जनसंख्याको अनुपातमा समानुपातिक समावेसी शासन प्रणाली र शासकीय ढाँचाले जातिय, क्षेत्रीय, भाषिक, धार्मिक, सांस्कृतिक लैड्ढिक एवम वर्गिय विभेद्लाई न्यूनीकरण गर्दै समूल अन्त्य गर्ने, संघीय समाजवादी अर्थनीतिले गरिबी, बेरोजगारी, असमानता हटाई सभ्य, समुन्नत र समृद्ध समाज स्थापना हुन सक्छ भन्ने हाम्रो ठहर छ । समानतामा आधारित समृद्ध आधुनिक नेपालको निर्माण गर्ने हाम्रो दृढ अठोट रहेको छ ।
बहुभाषा, बहुजाति, बहुधर्म, भौगोलिक विविधता र बहुसांस्कृति नेपालको विशिष्ट पहिचान हो । यही विशेषतालाई हृदयड्डम गरी एकले अर्काको अस्तित्व स्वीकार गर्नु पर्दछ । सबै जात जातिको भाषा, धर्म, संस्कृति, प्रथाजनित अभ्यास र संगठन, आदिको संरक्षण, प्रबद्र्धन र विकासमा थप जोड दिइनेछ ।
हाम्रो पार्टीले स्थानीय तहलाई भौतिक सुविधा सम्पन्न, आत्मनिर्भर र उच्च प्रविधियुक्त बनाउनको लागि विशेष जोड दिनेछ । गाउँपालिका, नगरपालिका र जिल्ला समन्वय समितिलाई शासनमुखी होइन, सेवामुखी बनाउनेछ । विश्वमा आई. टी. प्रविधिमा आएको परिवर्तनसँगै स्थानीय तहलाई उच्च प्राविधिक सुविधा सम्पन्न बनाई जनताका सेवाहरु चुस्त र दुरुस्त बनाउन चाहन्छौं ।
स्थानीय तहमा राष्ट्रसेवक कर्मचारी प्रशासनलाई समानुपातिक–समाबेसी बनाउनेछौं । तीसबै जनशक्तिको क्षमता विकास, प्रतिबद्धता र कर्तब्यपरायणता बलियो बनाइनेछ । स्थानीय तहलाई गतिशिल बनाउन सडक, बिजुली र संचारले जोड्न चाहन्छौं । र यसलाई चलायमान र स्वीकार्य बनाउन सबै जाति, वर्ग, लिंग र क्षेत्रलाई समान अवसर र सम्मान प्रदान गरी सदभाव कायम गरी जोड्न चाहन्छौं ।
(३) हामी अखण्ड संघीय नेपालको पक्षधर हौं
हामी अखण्ड संघीय नेपालको पक्षधर हौं । यसर्थ आन्तरिक राष्ट्रवादलाई बलियो पार्दै प्रगतिशिल राष्ट्रवादमा पुग्ने हाम्रो ध्येय हो । आर्थिक असमानताले यसलाई कमजोर बनाउँदछ, तर विकास र समृद्धिले राष्ट्रवाद मजबुद हुन्छ । हामी समुन्नत नेपालको निर्माण गर्न चाहन्छौं । र त्यसरी तराई, मधेस, पहाड र हिमाललाई जोड्न चाहन्छौं, र भावनात्मक एकतालाई अझ बलियो र विश्वासिलो बनाउन चाहन्छौं । यसर्थ हामी सच्चा देशभक्त र परिवर्तनकामी छौं ।
(४) भ्रष्टाचारमा शुन्य सहनशिलता, हाम्र्रो प्रतिबद्धता
भ्रष्टाचारमुक्त प्रशासन हाम्रो पार्टीको मूलमन्त्र हुनेछ । हामी भ्रष्टाचारमा शुन्य सहनसिलताका पक्षधर हौं । स्थानीय श्रोत र साधनको अधिकतम उपयोग गरी विकासका गतिविधीलाई दलगत स्वार्थबाट मुक्त बनाउदै दिगो विकासको लहर ल्याउने हाम्रो ध्येय हो । स्थानीय तहको सम्पूर्ण शासन प्रशासनमा भ्रष्टाचारको बिरुद्ध युद्ध छेड्नु हाम्रो इमान्दार प्रयत्न हुनेछ । विधायकीय संचालन र गतिविधिमा लोकतान्त्रिकरण र न्यायिक क्षेत्रको पारदर्शिता र जनमुखीकरण हाम्रो लक्ष्य रहनेछ । विकास गतिविधि र बजेट बिनियोजनमा देखिएको दलगत राजनीतिलाई पूर्णतः समाप्त गर्दै “जहाँ आवस्यकता त्यहाँ लगानी” हाम्रो स्पष्ट नीति तथा कार्यक्रम हुनेछ ।
(५) हामी स्थानीय तहमा उत्पादनमुलक क्षेत्रको विकास गरी रोजगारीको श्रृजना गर्न चाहन्छौं ः
उत्पादन, रोजगारी र आय अभिवृद्धिलाई मूल आर्थिक नीति बनाई अघि बढाउनेछौं । स्थानीय श्रोत, साधन र राजस्वको अधिकतम उपयोग गरी उत्पादनमूलक कार्यक्रमहरुमा जोड दिई रोजगारी र आय श्रृजना गरी वेरोजगारी र गरीबीलाई न्यूनीकरण गर्दै पूर्ण रोजगारी बनाउने हाम्रो प्रयत्न रहनेछ । लाखौंको संख्यामा रोजगारीको खोजीमा विदेशिएका नेपाली युवाहरुलाई नेपालमै रोजगारीको अवसर श्रृजना गरी स्वदेश फर्काउने हाम्रो प्रमुख लक्ष रहनेछ । स्थानीय तहको सबै रोजगारीको अवसरहरुमा स्थानीय जाति समुदायलाई समानुपातिक समावेसी अवसर प्रदान गर्ने नीति अक्तियार गरिनेछ । आयात क्रमशः घटाउदै आत्मनिर्भर अर्थतन्त्र बनाउनको लागि आयात प्रतिस्थापन तथा निर्यात प्रबद्र्धन गरिने विशेष कार्यक्रम ल्याइनेछ ।
(६) आवश्यकता र सम्भावनामा आधारित लगानी
कृषि क्षेत्रको विकासमा जोड, कृषि र बनमा आधारित उद्योगहरुको स्थापना र संचालन, स्थानीय श्रोत, सिप, प्रविधि र पूँजीको परिचालन गरी उत्पादन वृद्धि, र आय अभिवृद्धि हुने खालको लगानी र पूँजी परिचालनमा जोड दिईनेछ । कृषि क्षेत्रको उत्पादन र भूमीको उत्पादकत्वमा अभिवृद्धि गर्न सिचाई, विद्युत, आधुनिक मलखाद तथा कीटनाशक औषधीहरुको उत्पादन र व्यवस्थापन तथा कृषि उत्पादनलाई बजारसित जोड्न पूर्व–पश्चिम, उत्तर–दक्षिण स्थानीय सडक र पुल पुलेसाको निर्माणमा जोड दिईनेछ । पहाड र हिमालका क्षेत्रहरुमा स्थानीय आवश्यकता र सम्भावनाको आधारमा कृषिका अतिरिक्त फलफूल तथा जडीबुटी उत्पादन तथा व्यवस्थापन, बन र खनिजमा आधारित उद्योग तथा रोडा–ढुड्डा, ग्याँस, पेट्रोलियम आदि जहाँ जे छ त्यसको प्रचुर उपयोग र अनुसन्धानमा जोड दिदै लघु तथा ठूला सिचाई र विद्युत उत्पादन केन्द्रहरुको निर्माण, पशुपालन तथा हरित मैदानहरुको विकास, धार्मिक, ऐतिहासिक तथा साहसिक पर्यटनको विकासमा जोड दिदै ती ठाउँहरुको विस्तृत विकास–योजना बनाई अघि बढाउनेछौं ।
(७) ग्रामिण क्षेत्रमा देखिएका व्यापक वेरोजगारीको अन्त्य र विदेश पलायनलाई निरुत्साहन ः
अहिले नेपाली समाजको ग्रामीण क्षेत्रमा शिक्षीत र अशिक्षीत, दक्ष र अदक्ष बेरोजगारी व्याप्त छ । सोह्रदेखि पैतिस बर्ष उमेर समूहका बेरोजगार युवाहरु ग्रामिण क्षेत्र छोडी शहरतिर, साना शहर छोडी ठूला शहर र राजधानीतिर र लाखौंको संख्यामा देश छोडी विदेशतिर पलायन भईरहेको तथ्याड्ढ छ । बेरोजगारीको यो बिकराल समस्यालाई केन्द्रीय योजना र विकास गतिविधिले मात्र हल गर्न प्रायः असम्भव छ । यसकोलागि स्थानीय स्तरमैं आर्थिक गतिबिधिहरु बढाई शिक्षा र स्वास्थ्यको गुणस्तरमा सुधार ल्यार्ई स्वरोजगारीको अवसरलाई बढावा दिदै गैर–सरकारी संस्थाहरु समेतलाई नयाँ–नयाँ क्षेत्रहरुको विकासमा समाबेस गर्ने हाम्रो पार्टीको लक्ष्य रहनेछ । बैदेशिक रोजगारीको क्रममा सिकेको सिपमा आधारित व्यवसाय स्वदेशमा संचालन गर्नको लागि आर्थिक साथै अन्य विशेष किसिमका सहुलियत दिलाउनमा हाम्रो उच्च प्राथमिकता रहनेछ ।
(८) बिप्रेषण (रेमिट्यान्स) बाट प्राप्त आम्दानीलाई उत्पादनमूलक क्षेत्रमा प्रवाह ः
हामी सबैलाई थाहा छ अहिले देशको कूल राष्ट्रिय आयको सबभन्दा ठूलो हिस्सा रेमिट्यान्स (बिदेशमा कार्यरत नेपालीले स्वदेशमा पठाउने रकम) ले ओगटेको छ । तर देशले यसरी प्राप्त गरिरहेको आम्दानीलाई उत्पादनमूलक र आय अभिवृद्धि गर्ने आर्थिक क्रियाकलापहरुमा लगानी बढाउन सकेको देखिदैन । त्यसको अधिकतम हिस्सा दैनिक उपभोगमा र अनुत्पादक क्षेत्रमा खर्च भइरहेको छ । अतः स्थानीय तहको क्षेत्राधिकार प्रयोग गरी ठोस योजना बनाएर रेमिट्यान्सलाई उत्पादन र विकासको क्षेत्रमा लगानी गर्ने वातावरण निर्माणमा हाम्रो पार्टीका बिजयी उम्मेदवारले सक्रिय भूमिका खेल्नेछन् । र यसबारे ठोस केन्द्रीय नीति समेत बनाउन हाम्रो स्थानीय जनप्रतिनिधिहरुले रचनात्मक तथा सहयोगी भूमिका खेल्नेछन् ।
(९) स्थानीय क्षेत्रको विकासमा स्वदेशी र बिदेशी लगानीकर्ताहरुलाई प्रोत्साहन ः
अबको स्थानीय तह हिजोको तुलनामा बढी श्रोत साधन सम्पन्न हुनेछ । तसर्थ स्थानीय विकासका लागि कृषि, व्यापार र औधोगिकीकरणमा ब्यापक पूँजी परिचालन गर्न स्वदेशी र बिदेशी लगानीकर्ताहरुलाई आकर्षित गरिनेछ । उनीहरुकोलागि लगानी मैत्री वातावरणको निर्माण, सुरक्षाको ब्यवस्था, नाफाको सुनिश्चितता, आदि आवश्यक सवै सुविधा र सहुलियतको ब्यवस्था गरिनेछ । यसले स्थानीय तहमा विकास र लगानीमा बढोत्तरी ल्याउनेछ र रोजगारीको अवसर प्रदान गर्नेछ ।
(१०) शिक्षा, स्वास्थ्य, खेलकूद तथा सांस्कृतिक क्षेत्रको विकासमा विशेष जोड ः
स्थानीय स्तरमा शैक्षिक क्रान्तिको लहर श्रृजना गर्न योजनाबद्ध कार्यक्रमहरु अघि बढाइनेछ । सरकारी, नीजि र सहकारी तिनै क्षेत्रलाई शिक्षा क्षेत्रमा लगानी गर्न प्रोत्साहित गरिनेछ । शिक्षाको गुणस्तर बढाई स्तरोन्नति गरिनेछ । शिक्षालाई गरिबसम्म पु¥याउन बिशेष नीति बनाईनेछ । उत्पादनशिल तथा रोजगारमूलक शिक्षामा जोड दिदै शिक्षालाई विकाससँग जोडिनेछ । प्राविधिक सिपमुलक व्यवसायिक शिक्षामा मुक्त कमैया, कम्लह्री, हलिया, हरुवा, चरुवाहरुको पहुँच सुनिश्चित गरिनेछ ।
स्थानीय मातृ भाषाको शिक्षालाई विद्यालय शिक्षामा प्राथमिकताका साथ समावेश गरिनेछ । सूचना प्रविधिको ज्ञान र सिप विद्यालय तह देखिनै प्रदान गर्ने गरी पाठ्यक्रम विकास गर्ने हाम्रो पार्टीको नीति रहनेछ ।
स्वास्थ्य सेवालाई सुलभ र सेवामुखी बनाउने नीति लिईनेछ । शिक्षा र स्वास्थ्य क्षेत्रको व्यापारिकरणलाई निरुत्साहित गरिनेछ । आम जनताको लागि सुलभ र सस्तो तथा गरिबको लागि निःशुल्क र गुणस्तरिय स्वास्थ्य सेवा प्रदान गर्नुका साथै ज्येष्ठ नागरिक तथा एकल महिला, अपाड्ड र असहायहरुको लागि सुविधायुक्त स्वास्थ्य सेवाको व्यवस्था गरिनेछ । बिगतमा दिई आएको मासिक भत्तालाई तेब्बर बनाइनेछ ।
नागरिकहरुको स्वास्थ्य र युवाहरुको खेलकूलप्रतिको आकर्षणलाई ध्यानमा राखी प्रत्येक गाउँमा कम्तिमा दुई बिघाको खेलकुद मैदानको व्यवस्था गराउन हाम्रो पार्टी प्रतिबद्ध छ । साथै एउटा निर्वाचन क्षेत्रमा कम्तिमा रंगशाला निर्माणको व्यवस्था मिलाउने योजना ल्याइनेछ ।
स्थानीय तहमा बहुभाषिक नीतिमाथि जोड दिदै स्थानीय भाषा, संस्कृति, साहित्य, कला र गौरवशाली रीतिरिवाज र चाड पर्वहरुको संरक्षण र प्रबद्र्धनमा जोड दिइनेछ । अवैज्ञानिक सोच र चिन्तन, व्यवहार र फजुल खर्चीलाई निरुत्साहित गर्दै संस्कृति, कला, साहित्य र चाड पर्वहरुको संरक्षण, प्रबद्र्धन र विकास गरिनेछ । स्थानीय स्तरमा जातिय तथा सामुदायिक सद्भाव, एकता र भाइचारामा बढोत्तरी गर्ने नीतिहरुको निर्माण गरिनेछ ।
(११) संघीय लोकतान्त्रिक गणतन्त्र, समानुपातिक समावेशी प्रतिनिधित्व र धर्मनिरपेक्षतालाई सवलीकरण ः
हाम्रो पार्टी पहिचान र सामथ्र्यमा आधारित संघियता र समानुपातिक समावेसी लोकतान्त्रिक गणतन्त्रलाई स्थानीय स्तरबाट वलियो र संस्थागत गर्न चाहन्छ । विशिष्ट सहभागितामूलक विधिबाट समाजका सवै जातिय, भाषिक र भौगोलिक समूहहरुलाई गोलबद्ध गरी लोकतन्त्रलाई आमजनताको सहभागिता र अधिकार सित जोडेर अभ्यास गरिनेछ । समाजका गरिब, पछाडि पारिएका, विपन्न र कमजोर जातिय, धार्मिक र पेशागत समुहलाई यो प्रक्रियामा सामेल गराउन विभिन्न किसिमका विशिष्ट नीतिहरु अवलम्बन गरिनेछ ।
बाल श्रमिक, कम्लह्री राख्ने कार्यलाई निरुत्साहित गरी, मुलुक र समाजमा बाल शिक्षा र बाल मैत्री वातावरण सृजना गर्न हाम्रो पार्टी संकल्पबद्ध छ । त्यस्तै चेलीबेटी बेचबिखन र मानव ओसार पसारको अन्त्य गर्न स्थानीय निकायलाई जिम्मेवार बनाइनेछ ।
नेपाल पक्षराष्ट्र रहेको आदिवासीहरुको अधिकार सम्बन्धि संयुक्त राष्ट्र संघीय घोषणापत्र, आदिवासी जनजातिहरुको बारेमा आई. एल. ओ. महासन्धी नं. १६९ तथा पृथ्वी सम्मेलन १९९२ लगायत अन्तर्राष्ट्रिय स्तरका सबै सन्धि, सम्झौता तथा अभिसन्धीहरुको कार्यान्वयनमा हाम्रो पार्टीले विशेष जोड दिनेछ ।
तेश्रो लिड्डी समुहको पहिचान, लैड्डिक र यौनिक अल्पसंख्यकको अधिकारका लागि कानून निर्माणमा हाम्रो पार्टी सशक्त रुपमा प्रस्तुत हुनेछ ।
हिन्दू, बौद्ध, इस्लाम, इसाई, शिख, जैन, किराँत, बहाई लगायत सबै समुदायका आ–आना धार्मिक र संस्कृति मान्यताहरुको पालना र सम्र्बद्धन गर्न तत् तत् धर्म र संस्कृतिका अनुयायीहरुलाई हाम्रो पार्टीले संरक्षण र प्रोत्साहन गर्नेछ । धार्मिक र सामाजिक सद्भाव कायम राख्नु हाम्रो पार्टीको प्रमुख प्राथमिकता हुनेछ । आदिवासी तथा मुस्लिम समुदायका परम्परागत प्रथाजनित कानूनहरु र प्रथाजनित संगठन (उदाहरणको लागि बरघर, भल्मन्सा, मेन्जन, मुखिया, गुठियार) हरुलाई राज्यद्धारा कानूनी मान्यता दिलाउन हाम्रो पार्टीले ठोस नीति तथा कार्यक्रम ल्याउनेछ ।
नेपालका आदिवासी थारु समुदायमा मात्र देखिने सिकल सेल ट्रेट, रोग र रक्तअल्पता जस्ता असामान्य रोगको अनुसन्धान र निवारणकालागि स्थानीय तह देखिनै जनचेतना र स्वास्थ्य सुविधा अभिबृद्धिका लागि हाम्रो पार्टी संकल्पबद्ध रहने छ ।
(१२) महाभूकम्प, बाढी, आगलागी, आदि प्राकृतिक प्रकोप ः
२०७२ सालमा गएको महाभूकम्पमा परी हजारौंले जीउज्यान गुमाए, लाखौंका घरसम्पत्ति ध्वस्त भए र खरबौंको आर्थिक नोक्सानी भयो । यसको पुनस्थापना र पुनःनिर्माणको लागि नेपाल सरकारले अवलम्बन गरेको कार्यशैली र आर्थिक सहयोग अपूर्ण र अवैज्ञानिक छ । अतः उक्त क्षेत्रको जातिय बसोबास, पहिचान, संस्कृति, परम्परा, हस्तकला, आदिलाई संरक्षण गर्दै पर्यापर्यटनलाई प्रबद्र्धन गर्ने गरी भूकम्प प्रतिरोधी घर निर्माणमा बिशेष जोड दिई पक्की बाटो, खानेपानी, संचार, स्वास्थ्य र सुरक्षा सेवाले जोडिने योजना बनाइनेछ । कमजोर पहाडलाई आजको उन्नत प्रविधि प्रयोग गरी सम्मफाँट बनाई भुकम्प प्रभावित क्षेत्रमा कम्तिमा ५० वटा उच्च प्रविधियुक्त स्मार्ट सिटी बनाई भूकम्प पिडितहरुलाई पहिलो प्राथमिकता दिई पुनस्थापन गर्न हाम्रो पार्टी प्रतिबद्ध रहनेछ ।
नेपालमा बर्षेनी बर्षा शुरु भएसँगै बाढी र पहिरोले बिपद ल्याउने गर्दछ । बाढी लगायतका प्राकृतिक विपदबाट तराईका प्रायः सम्पूर्ण जिल्लामा ध्वस्त संरचनाको पुननिर्माण, क्षतिपूर्ति र प्रभावित जनताहरुको चाहना अनुरुप पुनस्थापना कार्य द्रूत गतिमा अगाडि बढाउनुका साथै भविष्यमा त्यस्ता विपदहरुको सामाना गर्न विशेष कोष, संयन्त्र र कानूनी व्यवस्था गर्नेछौं ।
जलवायु परिर्वतनका कारण भएको सुख्खा, खडेरी र असिना पातले गरेको जनधनको क्षतिलाई न्यूनीकरण र प्रभावित जनताको पुनस्थापनामा हाम्रो जोड रहनेछ । साथै जलवायु परिवर्तनलाई रोक्नको लागि जनचेतना र वातावरण संरक्षणका कार्यक्रम स्थानीय तहको अगुवाईमा संचालन गरिनेछ ।

(१३) पर्यापर्यटनमा जोड ः
नेपाली समाजको सुन्दर विविधतालाई ध्यानमा राखी मगर, थारु, तामाड्ड, नेवार, गुरुङ, राई, लिम्बु, खस, आर्य, मधेसी, दलित, आदि जात जातिको ऐतिहासिक थाँतथलो, गौरवमय इतिहास, परम्परा, संस्कृति, हस्तकला, खानपिन, आदिलाई संरक्षण, प्रबद्र्धन र ब्यापारिकरण गर्नको लागि पर्यापर्यटनमा जोड दिइनेछ । यसकोलागि स्थानीय तहबाट सम्बन्धित गाउँपालिका र नगरपालिका क्षेत्रभित्र पर्यापर्यटकीय क्षेत्र तोकी पूर्वाधार निर्माण, क्षमता विकास तालिम, आदिको व्यवस्था गर्न गराउन जोड दिइनेछ ।

(१४) रज्जुमार्ग र लाई ओभर मार्ग ः
सडक सुविधाको पहुँच नपुगेको हिमाली र पहाडी क्षेत्रमा रज्जुमार्ग, पुरै नेपाललाई रक्त संचार सरी फिजाउन पूर्व पश्चिम र उत्तर दक्षिण जोड्ने, हिमाल र पहाडमा आवागमन सहज बनाउन सुरुड्ड मार्ग यसैगरी सहरी क्षेत्रको अस्तव्यस्त सडक र ट्रफीक जाम हटाई सुन्दरता बढाउन लाई ओभर मार्ग बनाउनको लागि स्थानीय पूर्वाधार निर्माणमा स्थानीय तहको सहयोग र समर्थन जुटाउन हाम्रो पार्टी प्रतिबद्ध छ । तराई स्थित नेपालको सबैभन्दा पुरानो हुलाकी मार्गको निर्माण कार्य तोकिएको दुई बर्षभित्र सम्पन्न गर्न गराउन क्रियासिल भूमिका खेल्ने र यहाँका सबै बाटोमा ग्राभेल, पुल पुलेसा र कालोपत्रे गर्न गराउन विशेष जोड दिइनेछ ।

(१५) मुक्त कमैया, कम्लह्री, हरुवा, चरुवा, हलिया, अधेरवा सम्बन्धमा ः
मुक्त कमैया, कम्लह्री, हरुवा, चरुवा, हलिया, अधेरवा वर्गका लागि नेपाल सरकारले पुनस्थापनाको सम्बन्धमा गरेको निर्णयलाई प्रभावकारी रुपमा कार्यान्वयन गराउन क्रियासिल भूमिका खेल्ने । यसैगरी छुट भएकालाई परिचय पत्र उपलब्ध गराउन सम्बन्धित निकायलाई दबाब दिने । परिचय पत्र प्राप्त सबैलाई तीन कोठे पक्की घर बनाई उपलब्ध गराइनेछ । सहरी क्षेत्रमा ठूला ठूला हाउजीड्ड निर्माण गरी जग्गा, आवास नभएकाहरुलाई तीन तीन कोठा उपलब्ध गराई सहरको शिक्षा र रोजगारीमा पहुँच बढाउने हाम्रो ध्येय हुनेछ ।

(१६) स्मार्ट गाउँ (एक गाउँ एक उत्पादन) ः
प्रत्येक गाउँपालिका र नगरपालिकाको गाउँका जनताको इच्छा, प्राथमिकता, व्यवसायिकता र सम्भाव्यतालाई ध्यानमा राखी स्मार्ट गाउँ बनाइनेछ, जस्तै कुखुरा गाउँ, बंगुर गाउँ, खसी गाउँ, पशुपालन गाउँ, गाई गाउँ, तरकारी गाउँ, आलु गाउँ, उखु गाउँ, स्याउ गाउँ, सुन्तला गाउँ, आँप गाउँ, केरा गाउँ, फलफूल गाउँ, आदि बनाइनेछ । उक्त व्यवसाय गर्नको लागि स्थानीय तहबाट विशेष आर्थिक र प्राविधिक सल्लाह र सहुलियत उपलब्ध गराउन हाम्रो अग्रणी पहल हुनेछ । यस प्रकारको गाउँको युवाहरुको लागि फ्री वाईफाई जोन बनाइनेछ, सुविधा सम्पन्न सामुदायिक भवन निर्माण गरिनेछ ।

(१७) बिहार, गुम्बा, देवथान, मन्दिर, मश्जिद, चर्च, दिनाभद्री स्थल, डिहवार थान, ग्राम थान, सल्हेस पुजन स्थल, आदि निर्माण ः
प्रत्येक गाउँपालिका र नगरपालिका क्षेत्रमा कम्तिमा एक स्थानमा तराईमा पाँच बिघा र पहाडमा ३० रोपनी जग्गा स्थानीय तहको पहलमा व्यवस्था गरी सबै जाति र धर्मको पहिचान झल्किने गरी बिहार, गुम्बा, देवथान, मन्दिर, मश्जिद, चर्च, दिनाभद्री स्थल, डिहवार थान, ग्राम थान, सल्हेस पुजन स्थल, आदि बनाउने हाम्रो प्राथमिकता रहनेछ ।

(१८) संविधानमा संशोधन र आठ प्रदेशको संघीय संरचना
आन्दोलनमार्फत उठाइएका न्यायपूर्ण माग मुद्दा सम्बोधन गर्ने गरी संविधान संसोधन गर्ने गराउने हाम्रो पार्टीको एजेण्डा हो । संविधान निर्माणमा हामी सक्रिय सहभागी थियौं । गणितको मातमा वर्तमान संविधानको घोषणा भएको दिनदेखि हामीले संविधान संशोधनको कुरा उठाईरहेका छौं । संविधान कार्यान्वयन हुन संविधान संशोधन आवश्यक छ ।
सोह्र बँुदे सहमतिको एउटा बुँदा देशमा आठ प्रदेशको संघीय संरचना थियो । त्यो आठौं प्रदेश भनेको झापा, मोरड्ड, सुनसरी, सप्तरी, सिराहा र उदयपुर मिलाई एउटा प्रदेश वनाउने कुराको सहमति थियो । त्यो आठ प्रदेशमा कैलाली र कञ्चनपुरलाई थरुहट प्रदेशमा राख्ने समझदारी समेत थियो । तर तीसवै सहमति र सम्झदारीलाई उल्लंघन गरेर पुराना दलहरु र विशेष गरी कांग्रेस र एमालेले जेरी म्यान्डरिड्ड (घुमाउरो र षडयन्त्रकारी) तरिकाबाट संघीय ढाँचा निर्माण गरेकोले देशमा आज यो भयावह भीडन्त र द्वन्द्वको स्थिति कायम भएको छ । हामी अहिले पनि भन्छौं, संघीयताको विषय छिनोफानो गर्न आठ प्रदेशको प्रस्ताव एउटा अचूक उपाय हो ।

(१९) कृषि क्षेत्रलाई प्राथमिकताको क्षेत्र घोषणा गरी बिशेष कार्यक्रमहरु ल्याइने ः
हाम्रो स्थानीय सरकारले कृषि क्षेत्रको वैज्ञानिकीकरण गरी उत्पादन र उत्पादकत्व बढाउने, कृषिको व्यापारिकरण र व्यवसायिकरणमा जोड दिने, कृषि उपजलाई बजारसँग जोड्ने, कृषि क्षेत्रमा विद्युतीकरण र जैविक मलको प्रयोगमा जोड दिने, सिचाई र सितभण्डार (कोल्ड स्टोर) को उपयुक्त व्यवस्था गरी यस क्षेत्रलाई विकसित र समृद्ध तुल्याउन आवस्यक सबै कार्यहरु गर्दै आगामि पाँच बर्षभित्र देशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउने लक्ष्य राखिएको छ ।

(२०) औद्यौगिक क्रान्तिमा जोड ः
हाम्रो स्थानीय सरकारले ग्रामीण र सहरी क्षेत्रमा साना र मझ्यौला स्तरका कृषि र बनमा आधारित उद्योगहरुको विकासमा जोड दिनेछ । जडीबुटी उद्योगहरुको विकास, यार्सागुम्बा उत्पादनलाई व्यवस्थित गर्दैै यसमा कर छुटको व्यवस्था गर्ने र यस व्यवसायमा संलग्न बिचौलियाहरुको अन्त्य गर्दै ‘बुद्धचित्तमाला उत्पादन र यसको व्यापारलाई व्यवस्थित गर्न प्रयत्नसिल रहनेछ ।

(२१) सडक संजालको विकासमा जोड ः
हाम्रो स्थानीय सरकारले प्रत्येक नगरपालिका क्षेत्रभित्र चक्रपथहरुको निर्माण गर्ने आवस्यकताहरुको केवलकारहरुको निर्माण गदैै जाने, प्रत्येक जिल्लाहरुमा विमान स्थलको निर्माणमा जोड दिने, साइकल र मोटर साइकल लेनहरुको निर्माणमा जोड दिदै ट्राफिक जामको अव्यवस्थालाई व्यवस्थित गर्ने, अन्तर्राष्ट्रिय सीमा नाकाहरुको सडक निर्माण र स्तरोन्नतिमा जोड दिने, झोलुड्डे पुलहरुको निर्माण गर्ने, विभिन्न गाउँहरुलाई जोड्न पुलपुलेसा, कल्भटहरुको निर्माण गर्ने, आदि स्थानीय आवस्यकता अनुसार विभिन्न कार्यक्रमहरु सम्पन्न गर्न गराउन प्रयत्नसिल रहनेछ ।

(२२) विज्ञान प्रविधिको उपयोगमा जोड ः
हाम्रो स्थानीय सरकारले स्थानीय स्तरमा डिजिटल प्रणालीको उपयोगमा जोड दिने, इन्टरनेट सेवा उपलब्ध गराउने, इभिलेजको निर्माण गर्ने, नेपालको आफ्नै सेटेलाइट निर्माणमा जोडमा प्रयत्नसिल रहदै ग्रामीण भेकका जनतालाई सहर बजार, राजधानी र विदेशसित समेत जोड्दै घर घरमा बिज्ञान प्रविधिको व्यापक उपयोगमा जोड दिइनेछ ।

(२३) गाउँपालिका र नगरपालिकामा सडक क्रान्ति ः
हाम्रो स्थानीय सरकारले आगामि दश बर्षभित्र गाउँपालिका भित्रको सम्पूर्ण सडकलाई ग्राभेल गरी जोड्ने र सम्पूर्ण नगरपालिकाका सडकहरु र गाउँपालिकाको प्रमुख सडकलाई कालोपत्रे गर्ने लक्ष्य राखेको छ ।

(२४) जलद्यिुत उत्पादनमा विशेष जोड ः
बिगतका कांग्रेस र एमालेका सरकारहरुले यस क्षेत्रमा खासै उल्लेखनीय कार्य गर्न नसकेको वस्तुगत धरातलमा टेकेर अब हाम्रो बन्ने स्थानीय सरकारले ग्रामीण र सहरी क्षेत्रहरुमा साना र मझ्यौला स्तरका जलविद्युुत गृहहरुको निर्माण गरी आगामि पाँच बर्षभित्र घर घरमा बिजुली पु¥याउने लक्ष्य लिएको छ । र आगामी दश बर्षभित्र दश हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य राखिएको छ ।

(२५) पर्यटन क्षेत्रको विकासमा विशेष जोड ः
हाम्रो स्थानीय सरकारले पर्यटन क्षेत्रको विकासका लागि प्रत्येक परम्परागत प्रयासहरुलाई निरन्तरता दिदै यस क्षेत्रमा गुणात्मक फड्को स्वरुप होम स्टेहरुको विकासमा जोड दिने, कैलास मानसरोबर पु¥याउन नेपाल भित्रकै बाटो निर्माणमा जोड दिने, साहसिक पर्यटन, सांस्कृतिक पर्यटन, धार्मिक पर्यटन, प्राकृति पर्यटन, ऐतिहासिक क्षेत्र पर्यटन, आदि प्रत्येक क्षेत्रमा पर्यटकहरुको बढोत्तरीको लागि विशेष योजना र कार्यक्रमहरु ल्याउनमा जोड दिइनेछ ।

(२६) सामाजिक सांस्कृतिक क्षेत्रमा विशेष कार्यक्रमहरु
हाम्रो स्थानीय सरकारले स्वच्छ खानेपानी उत्पादन र आपूर्तिमा जोड दिने, दलित, मुस्लिम, पिछडिएका जाति समुदायलाई लक्षित गरी शिक्षा, स्वास्थ्य र आय अभिबृद्धिको क्षेत्रमा विभिन्न कार्यक्रमहरु ल्याउने, बृद्ध भत्तालाई तेब्बर बढोत्तरी गर्ने, दहेज प्रथाको उन्मुलनको लागि निरन्तर कार्यक्रमहरु संचालनमा ल्याउने, ग्रामीण भेकका जनतालाई घुम्ति स्वास्थ्य सेवा उपलब्ध गराउने, सहरी क्षेत्रको धुँवा धुलो समस्यालाई अन्त्य गर्दै स्वच्छ, सफा र हराभरा सहर निर्माणमा जोड दिने, सहरहरुमा ठूलठूला पार्कहरु र चिल्ड्रेन पार्कहरुको निर्माण गर्ने, सामुदायिक घरहरुको निर्माण गर्ने, छुवाछुट र अरु सबै प्रकारका जातिय विभेद् र घृणा जगाउने सोंच र व्यवहारहरुको बिरुद्ध निरन्तर जनजागरण फैलाउँदै त्यसको अन्त्यको लागि विभिन्न किसिमका कार्यक्रमहरु संचालन गर्ने, गरिबी उन्मुलनका लागि विभिन्न किसिमका रोजगारमूलक आर्थिक क्रियाकलाप गर्नेमा जोड दिनेछ । साथै शैक्षिक बेरोजगारी अन्त्यको लागि शिक्षाको प्रमाणपत्रको आधारमा निब्र्याजी ऋण उपलब्ध गराउने कार्यक्रम ल्याइनेछ ।

(२७) नागरिकता सम्बन्धि संवैधानिक व्यवस्थालाई ब्यवहारमा कार्यान्वयन गराउने ः
हाम्रो स्थानीय सरकारले आम नेपाली नागरिकलाई सरल र सुलभ तरिकाले नागरिकताको प्रमाणपत्र उपलब्ध गराउन संबिधानमा रहेका सबै प्रावधानहरुलाई व्यवहारमा लागू गराउन निरन्तर क्रियासिल रहनेछ ।
हाम्रा उम्मेदवारहरुका प्रतिवद्धता र अठोट
आदरणीय दाजुभाइ तथा दिदी वहिनीहरु,
हाम्रो पार्टीका उम्मेदवारहरु, पार्टीका शिर्षनेता तथा नेतृत्व पंक्ति संघीय समाजवादी लोकतन्त्रको लागि, पहिचान र सामथ्र्यमा आधारित अधिकार सम्पन्न संघियताको लागि, समानुपातिक–समावेशी लोकतन्त्रको लागि, केन्द्रमा साझा शासन र स्थानीय तहमा स्वसासनका लागि, बहुभाषिक नीतिका लागि, देशमा आर्थिक तथा सामाजिक–सांस्कृतिक क्रान्तिका लागि, विकास र भ्रष्टाचारमुक्त शासन प्रशासनका लागि र सवै किसिमका विभेद् र उत्पीडनको अन्त्य गर्दै न्याय र समानतामा आधारित समृद्ध, सम्मुन्नत समाज निर्माण गर्न प्रतिवद्ध छन् ।

राजनैतिक दलहरुबारे हाम्रो दृष्टिकोण
नेपाली कांग्रेस बारे ः
यो पार्टी नेपाली राजनीतिको सबभन्दा पुरानो पार्टी भएको कारण आपूmलाई एकमात्र सच्चा प्रजातन्त्रवादी भनी स्वघोषणा गरे पनि यसको नीतिमा कहिल्यै स्पष्टता र स्थिरता आएन । जहिले पनि द्वैध र ढुलमुले चरित्र प्रदर्शन गरी आएको छ जसले गर्दा नेपाली राजनीति जहिले पनि अस्थिर र अन्यौल रहने गरेको छ । २०४९ सालमा यो पार्टीले स्थानीय निकायको धेरै ठाउँमा जितेको थियो, तर जनताले चाहे र आशा गरे अनुसार काम गर्न कहिल्यै सकेन । मुलुकलाई अपेक्षाकृत विकासको बाटोमा अघि बढाउन सकेन र भ्रष्टाचारलाई बढावा दियो । गरिवको पार्टी कहिल्यै बनेन, र बन्न पनि चाहेन । आदिवासी जनजाति, थारु, मधेसी, मुस्लिम, पिछडावर्गको उत्थानका लागि कुनै नीति कार्यक्रम ल्याउन चाहेन र न चाहना छ । यही पार्टीका नेताहरुले नीजिकरण र आर्थिक उदारीकरणको नाममा कागज, कपडा, छाला जुत्ता, चुरोट, आदि सरकारी उद्योग बेचे, तर रोजगारी श्रृजना गर्ने उत्पादनमूलक एउटा पनि उद्योग स्थापना गर्न सकेनन् । २०४६ सालको राजनैतिक परिवर्तनपछिको २८ बर्षको अवधिमा अधिकांश समय सत्तामा रहेर मुलुक र नेपाली नागरिकहरुको लागि विकास निर्माण र शासन प्रशासनमा उल्लेख्य प्रगति ल्याउन सकेन, उल्टै माओवादी बिद्रोहको सुत्रपात भयो, आदिवासी जनजाति, मधेसी, थारु, महिला, दलित, मुस्लिम लगायतले सडक आन्दोलन गर्नुपर्ने स्थितिको श्रृजना भयो । अब पनि फेरि तपाई सचेत नागरिकहरुले यही पार्टीलाई मत दिनु भयो भने न देशमा अपेच्छित विकास हुन्छ, न राज्य संयन्त्र भ्रष्टाचारमुक्त हुन्छ, न समाज शोषणबाटमुक्त हुन्छ ।
नेकपा एमाले बारे ः
नेकपा एमाले अहिलेको केन्द्रीय राजनीतिमा सबभन्दा बढी अनुदार र यथास्थितिवादी देखिएको छ । यो पार्टी चर्को रुपमा संघीयता, समानुपातिक समावेशिताको बिरुद्धमा खनिएको छ । तराई मधेश र पहाडको बीचमा विभाजन ल्याउन खोज्ने र मुलुकमा राजनीतिक, जातिय र भौगोलिक द्वन्द्व र भीडन्त चर्काउने पार्टीको रुपमा यो अघि आएको छ । संविधान संशोधनको विरुद्धमा र नेपाली जनताको पहिचान र अधिकारको विरुद्धमा लागेको छ । यसले जितेमा न यो नयाँ संविधान कार्यान्वयन हुन्छ, न मुलुकमा समुदायिक, क्षेत्रीय र जातिय सद्भाव कायम रहन्छ । केवल द्वन्द्वले प्रश्रय पाउँदछ । २०५४ सालको स्थानीय निर्वाचनमा साम, दाम, दण्ड, भेद सबैको प्रयोग गरी यो पार्टीले निकै ठाउँमा जीत हासिल गरेको थियो । तर यसका प्रतिनिधिहरुले कुनै उल्लेखनीय काम गर्न सकेनन् । यसैको शासन कालमा जताततै बजेट फ्रिज भएको, संस्थागत भ्रष्टाचार र चुहावटलाई बढावा दिएको, यसैगरी विकास निर्माण, अदालत, निजामति सेवा र प्रहरी प्रशासनमा दलगत राजनीति प्रवेश गराई सरकारी संयन्त्रलाई कुजो बनाइएको छ । बिगत एक दशकदेखि निरन्तर दैनिक अठार घण्टासम्म नक्कली लोडसेडिङ गराई निर्दोश नेपाली जनतालाई अध्याँरोमा बस्न बाध्यकारी अवस्थाको श्रृजना गराई सोलार पावर लगायतका वैकल्पीक उर्जाका कम्पनी र विद्युत प्राधिकरणबाट अरबौं कमिशन कुम्ल्याउने प्रबृत्तिको संरक्षक र योजनाकार यिनै दलको छत्रछहारीमा भएको देखिन्छ । यस्तो पार्टीले पुनः मौका पाएमा जनताको मत र भावनाको उपहास हुनेछ । मुलुक दीर्घकालिन द्वन्द्वमा फस्ने पक्का छ ।
नेकपा माओवादी (केन्द्र) बारे ः
यो पार्टीसँग स्थानीय निकाय संचालनको अनुभव छँदैछैन । जनयुद्ध कालमा यो पार्टीले परिवर्तनको लागि ऐतिहासिक भूमिका खेलेको दाबी गरे पनि गरिब जनता जहाँको त्यही रहे । चार शिर्ष नेतृत्वको व्यक्तिगत स्वार्थमा पार्टीलाई चिरा चिरा पारेर हजारौं शहीदको बलिदानीलाई धुलोमाटो चटाएका छन् । १० बर्षे युद्धकालमा करिव १७ हजार नेपालीको रगत र पसिनाको सिढी उक्लेर सरकारी उच्च ओहदामा पुगी सत्ता र भत्ताको स्वाद चाखेर बिपन्न जनताको मानवअधिकारको टाउकोमा चढी हथौडा हिर्काउदैछन्, गरिबहरुको काँधमा चढेर ढाडमा बज्र मुक्का प्रहार गर्दैछन् र आम नेपालीको काँधमा बन्धुक राखेर जताततै पड्काउदै छन् । यसै पार्टीको दुई शिर्ष नेतृत्व पालैपालो तीन पटक कार्यकारी प्रधानमन्त्री भएर पनि जनविद्रोहमा साथ र समर्थन गर्ने गरिब जनताको पक्षमा सिन्को पनि भाँच्न नसकेको व्यापक जनगुनासो रहेको छ । पछिल्लो चरणमा आएर यस पार्टीको कुनै स्पष्ट सिद्धान्त र दृष्टिकोण देखिदैन । माओवाद र साम्यवादले पूँजीवादको मन्द बिषपान गरी सकेको छ । द्रूत गतिमा यो पार्टी एमालेकरण भई रहेको छ । एमालेकरण हुनबाट आफूलाई जोगाउन सकेन भने यसको विघटन अवश्यम्भावी छ । यो पार्टीको नेतृत्व चरम ढुलमुले देखिएको छ, कति बेला के बोल्छ, के सोंच्छ र के गर्छ, त्यसको आँकलनसम्म पनि गर्न गाह्रो छ । तसर्थ यस्तो प्रवृतिलाई मत दिएर आफ्नो खुट्टामा आफै बन्चरो हिर्काउने गल्ती गर्नु हुँदैन ।
राप्रपा बारे ः
यो पार्टीले नेपालको राष्ट्रिय जनावर “गाई” चुनाव चिन्हको नाजायज फाइदा उठाएर रुगा (रुख र गाई) र सुगा (सूर्य र गाई) को जोडबलबाट संसदमा चौथो दर्जा प्राप्त गरे पनि बिचार र एजेण्डाको हिसावले अनुदारवादी र यथास्थितिवादी छ । बदलिदो परिवेशमा जनताको पक्षमा आफूलाई रुपान्तरण गर्न असमर्थ देखिन्छ । परिवर्तनका एजेण्डाहरुलाई आत्मसात र स्वीकार गर्न नसकेकोले यो पार्टीलाई मत दिएर अमूल्य मतको दुरुपयोग नगरौं ।
राष्ट्रिय राजनीतिमा नेपाल लोकतान्त्रिक फोरम
राष्ट्रिय राजनीतिमा नेपाल लोकतान्त्रिक फोरमको एउटा विशिष्ट पहिचान र स्थान स्थापित भएको छ । हाम्रो पार्टी हरेक किसिमका अतिवाद र यथास्थितिवादको विरुद्ध उभिएको परिवर्तनको एजेण्डा बोकेको एउटा मध्यमार्गी पार्टीको रुपमा राष्ट्रिय राजनीतिमा स्थापित भएको छ । हाम्रो पार्टीले मात्र सम्पूर्ण देशलाई एकजुट गर्न सक्ने र परिवर्तनलाई संस्थागत गर्न सक्ने पार्टीको रुपमा पहिचान बनाउन सफल रहेको छ । पुराना पार्टीहरुले बारम्बार गल्ति गरेका छन् तर हाम्रो पार्टीले बाटो बिराएको छैन । न हामीले सोह्र बुँदे सहमति गरेर गल्ती ग¥यौं, न संविधानमा हस्ताक्षर नगरेर । बरु पुराना पार्टीहरुले नेपाली नागरिकसित विश्वासघात र बेइमानी गरेका छन् जसको दुःख अहिले देश र समाजले भोगिरहेको छ । हामी देशमा वर्गीय, जातीय, क्षेत्रीय, लिड्डीय, भाषिक, सांस्कृतिक आदि विभिन्न किसिमका विभेद् र उत्पीडनमा पारिएका नेपाली जनतालाई उनीहरुको पहिचान, आत्मसम्मान, न्याय, अधिकार र विकास दिलाई देशलाई एक ढिक्का बनाएर नेपाललाई विकसित र समृद्ध बनाउन चाहन्छौं ।
आदरणीय दाजुभाइ तथा दिदी बहिनीहरु,
अन्त्यमा, विगतका सम्पूर्ण बलिदानी तथा गौरवशाली आन्दोलनहरुको सम्झना गर्दै, ती बिद्रोह र आन्दोलहरुमा शहादत प्राप्त गर्ने सम्पूर्ण शहीदहरु प्रति अनुग्रहित हँुदै, पहिचान, अधिकार र अग्रगमनको साथै भ्रष्टाचारमुक्त प्रशासनका लागि यस स्थानीय तहको ऐतिहासिक चुनावमा हाम्रो पार्टीको तर्पmबाट खडा भएका सबै उम्मेदवारहरुलाई “नमस्कार” चुनाव चिन्हमा छाप लगाएर अत्याधिक मतले विजय गराई आफ्नो अमूल्य मतको सदुपयोग गर्न हार्दिक आह्वान गर्दछौं ।
हाम्रा नीति र बिचारहरु, हाम्रा मुद्दा र मान्यताहरु, दृष्टिकोण तथा लक्ष्य स्पष्ट र सही छन् । हाम्रो पार्टीका राष्ट्रिय अध्यक्ष बिजय कुमार गच्छदार र केन्द्रीय नेतृत्व पंक्ति परिपक्व अनुभवी, निष्ठावान र वलिदानी भावनाबाट ओतप्रोत छन् । हाम्रो पार्टीले परिवर्तनको एजेण्डा बोकेको छ । स्थानीय तहमा भ्रष्टाचार मुक्त प्रशासन, सुशासन तथा विकासलाई दलगत राजनीतिबाट अलग राखी विकासको लहर ल्याउने र केन्द्रीय राजनीतिमा मध्यमार्गी सन्तुलनकारी धार बोकेको पार्टी भएकोले तपाईको हरेक मतले हामीलाई उक्त एजेण्डामा अथक र अविरल रुपमा अघि बढन हौसला प्रदान गर्नेछ भन्ने विश्वास हामीले लिएका छौं ।
धन्यवाद ।

“नमस्कार” चिन्हमा मतदान, उम्मेदवारलाई विजय गराउने हाम्रो अभियान ।
स्थानीय तहलाई आत्मनिर्भर, सुशासित र जनमुखी बनाउने हाम्रो मुख्य अरमान ।।

Leave a Reply

Your email address will not be published.