मधेसी पार्टीसँग एकता गरेकै दिन लेखीका दुई नेता माओवादीमा प्रवेश, नेता कार्यकर्तामा तीब्र असन्तुष्टि

राजकुमार लेखीले एक्लौटी निर्णय गरेर मधेसी पार्टीसँग एकता गरेको भन्दै जिल्ला नेता र कार्यकर्तालाई तीब्र असन्तुष्टि देखिएको छ। उनीहरुले लेखीको एक्लो निर्णयको बन्दी आफूहरु नहुने र कुनै हालतमा मधेसी पार्टीमा नजाने बताएका छन्। मंगलबार राजेन्द्र महतो नेतृत्वको सद्‍भावना पार्टीसँग एकीकरण गरेलगत्तै सिरहाका रामचन्द्र चौधरी र खड्गनारायण चौधरी माओवादी केन्द्रमा प्रवेश गरेका छन्। ती दुबैले नेताले पनि केन्द्रीय कार्यसमितिमा छलफल नचलाइ एक्लौटी निर्णय गरेको आरोप लगाए।

मंगलबार महतोबाट फूलमाला र टीका लगाएका केही पनि लेखीको व्यवहारप्रति असन्तुष्टि पोखे। ‘लेखीजीको निर्णयप्रति असन्तुष्टि हुँदाहुँदै बाध्य भएर यहाँ आउनपरेको छ,’ कार्यक्रममै ती केन्द्रीय सदस्यले भने, ‘मन दोधार भएको छ। कुनै निर्णय लिन सकिरहेको छैन।’ सीमित नेता कार्यकर्ताबीच तीब्र असन्तुष्टि बढेपछि उनीहरु पुरानै पार्टी फर्किने तयारी गरेका छन्।

लेखीको सीमित संगठन रहेको पश्चित थरुहट जिल्लामा पनि फाटो आउने भएको छ। पश्चिम खेमाका नेताहरुले मधेसी भन्दा कुनै ठूलै पार्टी वा थारुको सेन्टिमेन्ट मिल्ने पार्टीसँग एकता गरेको भए हुने धारणा राखेका छन्। मधेसको माग मुद्दा बढी बोक्ने महतो पार्टीमा कुनै हालतमा नजाने प्रष्ट्याएका छन्।

उनीहरुले पार्टी एकीकरणले लेखीबाहेक अरु कसैलाई फाइदा नगरेकाे दाबी गरे। ‘पार्टी एकताले कुनै फाइदा भएको हो भने त्यो लेखीजीलाई भएको होला। यही अवस्थामा लेखीजीलाई हामी साथ दिन सक्दैनौं,’ एक केन्द्रीय सदस्यले भने।

यो पनि पढ्नुस्:

लेखी र महतोलाई प्रश्न- ‘यो पार्टी एकीकरण हो कि पार्टी प्रवेश’ [फोटोसहित]
थरुहट राज्य स्थापनासहित महतो र लेखीबीच दस बुँदे सहमति
राजेन्द्र महतोसँगको एकतालाई लेखीले भने- ‘थारु मधेसीको आत्मिय मिलन’

Leave a Reply

Your email address will not be published.