लेखीलाई प्रश्न- ‘यो पार्टी एकीकरण हो कि पार्टी प्रवेश’ [फोटोसहित]

राजेन्द्र महतो नेतृत्वको सद्‍भावना पार्टी र राजकुमार लेखी नेतृत्वको नागरिक समाजवादी पार्टीबीच एकीकरण भएको छ। मंगलबार नयाँ बानेश्वरस्थित अर्याल होटलमा पार्टी एकीकरण भएको घोषणा गरिएको हो। कार्यक्रममा दुबै पार्टीका अध्यक्षले दस बुँदे सहमति पत्रमा हस्ताक्षर गरेका थिए। कार्यक्रममा दुबै पार्टीका अध्यक्षल थारु मधेसी शक्ति एक भएको उद्‍घोष गरे।

कार्यक्रममा सद‍भावना पार्टीका अध्यक्ष महतोले लेखी पार्टीका केही नेताहरुलाई फूलमाला र अविर लगाएर स्वागत गरेका थिए। लेखीले पनि अध्यक्ष महतो र सहअध्यक्ष लक्ष्मणलाल कर्णलाई फूलमाला लगाइदिएका थिए। तर दुई पार्टीबीचका नेताहरुलाई कसरी समायोजन गरिएकोबारे केही बताइएन। पार्टीको नाम र झन्डा वा चुनाव चिन्ह सद्‍भावनाकै हुने अध्यक्ष महतोले जानकारी दिए। उनले लेखीको सबालमा राम्रै पद दिने सञ्चारकर्मीमाझ बताए।

कार्यक्रममा एक जनाले भने यो पार्टी एकीकरण हो वा पार्टी प्रवेश भनी प्रश्न गरेका थिए। ती सञ्चारकर्मीले दुई पार्टीका नेताहरुको पोर्टफोलियोबारे केही नखुलाएपछि एकीकरणभन्दा पनि पार्टी प्रवेशजस्तो भएको बताएका थिए। जवाफमा महतोले यो पार्टी एकीकरण नै भएको बताए।

कतिपयले राजकुमार लेखी नेतृत्वको नागरिक समाजवादी पार्टी राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीमा विलय भएकाे उल्लेख पनि गरेका छन्।
दुबै पार्टीले उक्त मेललार्इ ‘एकीकरण’ भनेकाे भए पनि लेखी नेतृत्वकाे पार्टी मिसिएपछि पनि उक्त पार्टीकाे नाम र चुनाव चिन्ह सद्भावना पार्टीकै रहने भनी गरिएकाे निर्णयले लेखीकाे पार्टी सद्भावनामा विलय भएकाे प्रष्टिएकाे उनीहरुको धारणा छ।

लेखीले १३ महिनाअघि २०७२ फागुन २७ गते राजधानीमा पत्रकार सम्मेलन गर्दै नयाँ पार्टी घोषणा गरेका थिए। त्यसअघि पनि लेखीले राष्ट्रिय नागरिक पार्टी नेपाल गठन गरेका थिए।

Leave a Reply

Your email address will not be published.