न्यायाधीश खुशीप्रसाद थारु सम्मानित

जनकपुर उच्च अदालतका माननीय न्यायाधीश खुशीप्रसाद थारुलाई गृह जिल्ला कैलालीमा सम्मान बधाई तथा सम्मान गरिएको छ। थारु नागरिक समाज कैलालीको समन्वयमा चौधरीलाई धनगढीमा सम्मान गरिएको हो।

नेपाली नयाँ वर्षको शुरुवातको दिनको अवसर पारी न्यायाधीश खुशीप्रसाद थारुलाई थारु नागरिक समाज कैलाली, थाकस कैलाली, थारु निजामति कर्मचारी समिति कैलाली, थारु कानुन ब्यबसायी समाज कैलालीले गृह जिल्ला कैलालीमा भव्य स्वागत र बधाई दिँदै सम्मान गरेको हो।

कार्यक्रममा उपस्थित सबैले नेपालमा पश्चिमा थारुहरुबाट पहिलोपटक खुशीप्रसाद थारु न्यायाधिश बनेकोमा गर्ब महशुश भएको बताउँदै उनलाई बधाई दिँदै अबिर, खादा र फूलले सम्मान गरेका थिए। सबैले माननीय न्यायाधीशको पूर्ण कार्यकालको सफलताको कामना गर्दै अन्यायमा परेकाहरुलाई न्याय दिन अनुरोध गरेका थिए।

फैसला र न्याय फरक कुरा हुन्, त्यसैले तपाईं फैसला भन्दा पनि न्याय (ईन्साफ) लाई महत्व दिन सक्नु पर्दछ, पीडितहरुको आँशु पुछ्न सक्नु पर्दछ भन्ने बिचार ब्यक्त गरेका थिए।

बधाई तथा सम्मान कार्यक्रमका प्रमुख अतिथि रहेका न्यायाधीश थारुले थारु नेपालमा मात्रै हैन, बिश्वमै ईमान्दार जाति भएकाले आफूले थारु समुदायलाई गर्ब गर्ने ठाउँ राख्ने, न्यायालयलाई पूर्ण मर्यादित बनाउने र पीडितहरुलाई न्याय दिने, उनीहरुको आँशुलाई पुछ्ने कार्य न्यायाधीशको कर्तव्य र दायित्व रहेकोले आफू त्यसबाट बिचलित नहुने बताएका थिए।

कार्यक्रममा थाकसका पूर्व सभापति एवं हालका सल्लाहकार, न्यायिक समितिका सदस्य प्रभातकुमार चौधरी, थारु निजामति कर्मचारी समितिका अध्यक्ष जगत चौधरी, घोडीघोडा लघुबित्तका सिओ. कुन्नुनारायण चौधरी, थारु कानुन ब्यबसायी समाजका केन्द्रीय सदस्य नाथुराम महतो, सुदूरपश्चिम क्याम्पसका सहायक क्याम्पस बुधराम चौधरी, थारु नागरिक समाजका सचिव ठाकुर करियाप्रधान, थारु बुद्धिजीवि बुन्दीलाल चौधरी, ग्लोरी गर्ल्स हस्टेलका प्रोप्राइटर एवं इन्जल नेपालका उपाध्यक्ष दुज्जीदेवी चौधरी, सरोज आयल स्टोरका प्रोप्राइटर एवं भल्मन्सा सरोज चौधरीले क्रमशः बधाई दिए।

कार्यक्रम थारु नागरिक समाज कैलालीका जिल्ला संयोजक दिलबहादुर चौधरीको सभापतित्वमा भएको थियो।

Leave a Reply

Your email address will not be published.