थरुहट जिल्ला बर्दियाका नगरपालिकामा तीन पार्टीका थारु आकांक्षीहरु

बर्दियाका ६ नगरपालिका र २ गाउँपालिकामा प्रमुख–उपप्रमुखका आकांक्षीले टिकट हात पार्न दौडधुप थालेका छन्। गुलरिया, राजापुर, मधुवन, बाह्रबर्दिया, बाँसगढी र ठाकुरबाबा नगरपालिका तथा गेरुवा र बढैया गाउँपालिकाको नेतृत्व हात पार्न दलहरूले तयारी तीव्र पारेका छन्। ती नगरपालिका र गाउँपालिकामा प्रमुख तीन दल नेपाली कांग्रेस, एमाले र माओवादी केन्दबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने अनुमान छ।

गुलरिया नगरपालिका
गुलरियामा मेयरका लागि कांग्रेसका विजय देवकोटा, मुक्तिनाथ यादव (किट्टु) र राधेश्याम थारूको चर्चा छ। एमालेका हरि ज्ञवाली, अमरबहादुर खड्का र प्रेम पोखरेलको नाम अगाडि आएको छ। राप्रपाका मनोजकुमार बर्मा, मग्रे गोडिया र मेघनाथ अधिकारी तथा माओवादी केन्द्रका गहेन्द्र ढकाल, मिथिला फुयालको नाम चर्चामा छ।

बाँसगढी नगरपालिका
बाँसगढीमा कांग्रेसका गंगाधर पौडेल, गोविन्द रेग्मी र बलिराम थारूको नाम अग्रपंक्तिमा छ। एमालेका शालिकराम अधिकारी, खडकबहादुर खड्का, सुन्दर ढकाल, पूर्ण अधिकारी र नैनबहादुर खत्रीको नाम चर्चामा छ। माओवादी केन्द्रका विनय थारू र नरेन्द्र शर्माको सम्भावना छ।

ठाकुरबाबा नगरपालिका
ठाकुरबाबामा कांग्रेसका विद्याप्रसाद खनाल, मक्कुराम चौधरी, नवराज न्यौपाने, तिलक लम्साल, वेदप्रसाद भण्डारी र नन्दराम तिमिल्सेनाको नाम मेयरमा चर्चामा छ। एमालेबाट जीवन शाह, लहानु थारू, भिख्खु थारू, खगेनद्र खनाल र घननारायण श्रेष्ठलाई अगाडि सारिएको छ। माओवादी केन्द्रका आस्था चौधरी र नेत्र आचार्यले आकांक्षा देखाएका छन्।

मधुवन नगरपालिका
मधुवनमा कांग्रेसका बलिराम थारू, प्रेमबहादुर गुरुङ, टेकबहादुर भाट, उदय लम्साल, जग्गाप्रसाद पाण्डे, भरतबहादुर गुरुङ, सुरेश योगी, किरण योगी र गोपाल पौडेलको मेयरमा चर्चा छ। एमालेका दुर्गा वली, कुलप्रसाद पोख्रेल, टंक पौडेल र टंक वली आकांक्षी छन्। माओवादी केन्द्रका कृष्ण केसी र लक्ष्मी शर्मा सम्भावित नाम हुन्।

राजापुर नगरपालिका
राजापुरमा कांग्रेसका दीपकजंग शाह र रमण रेग्मीको नाम मेयरका लागि अगाडि आएको छ। एमालेबाट इन्द्र सेन, पहाडी थारू र सरमा थारूको नाम अग्रपंक्तिमा छ। राप्रपाका जीवराज रेग्मी, सन्तराम थारू, राममणि उपाध्याय र केशरबहादुर थापा आकांक्षी छन्। माओवादी केन्द्रका दीपेश थारू र शिव थारूको नाम चर्चामा छ।

बाह्रबर्दिया नगरपालिका
बाह्रबर्दियामा कांग्रेसका मोहनलाल थारू र पर्शुराम थारूले मेयरमा आकांक्षा व्यक्त गरेका छन्। एमालेका रामबहादुर थारू, पतिराम थारू, मनिराम ज्ञवाली, पदम ढकाल, भक्तबहादुर र कमला ज्ञवालीको नाम चर्चामा छ। माओवादी केन्द्रका अन्जु दहित, दुर्गाबहादुर थारूको नाम अगाडि आएको छ।

Leave a Reply

Your email address will not be published.