दाङमा मेयरका थारु आकांक्षीहरु, घोराही उपमहानगरमा शान्तादेखि नरुलाल चौधरीसम्मको चर्चा

सन्तोष दहित/दाङ।

१९ वर्षपछि हुन लागेको  स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा दाङमा उपमहानगरपालिकाको मेयरदेखि गाउँपालिकाको अध्यक्ष पदमा दर्जनभन्दा बढी थारु नेताहरुको चर्चा हु नथालेको छ। थारु बहुल्य रहेको गाउँपालिका, नगरपालिकामा थारु नेताहरुको नाम आउनु स्भाविक भएको नेताहरुले बताउँछन्। दाङको कुल जनसंख्याको ३३ प्रतिशत थारु समुदायको बसोबास छ। त्यसैले पनि थारु नेताहरुको नाम बढी चर्चामा आइरहेको थारु अगुवाहरुको भनाई छ। जनसंख्याको हिसाबले पनि यहाँका पार्टीहरुले ३३ प्रतिशत थारु नेताहरुलाई टिकट दिनुपर्ने बताउँछन्।
दाङमा दुई उपमहानरपालिका, एक नगरपालिका र सात गाउँपालिका छन्। जिल्लाको सदरमुकाम सेमत रहेको घोराही उपमहागरपालिकाको मेयर पदमा पूर्वसांसद एवम् नेकपा एमालेकी वैकल्पिक केन्द्रीय सदस्य शान्ता चौधरीको नाम धेरै चर्चामा छ। चौधरी मेयरमा टिकट पाएपछि जीत सुनिश्चत हुने भएकोाले सबैले उनलाई उठाउन पार्टभित्र माग गरेका छन्। शान्ता चौधरीले भने आफूलाई मेयरमा उठ्न इच्छा नरहेको बताइन्। ‘पार्टीले नै निणर्य गरेर पठायो भने म नाई कसरी भन्नसक्छु। तर मेरो चाहना भनेको अन्य नेताहरुलाई पनि सम्मान गर्नुपर्छ ,’ उनले भनिन्।

‘म उठेपछि जित्ने, अरु उठेपछि हार्ने भन्ने हुँदैन। म पनि एमाले अरु उठेपनि एमाले, म जिते पनि एमाले जित्ने हो, अरु जितेपनि एमाले नै जित्ने हो। बरु त्यसको लागि पार्टी एक ढिक्का भएर जिल्लाभरि नै एमालेलाई जिताउने अभियान चलाउनुपर्छ,’ शान्ताले भनिन्।

त्यसैगरी घोराही उपमहानगरपालिको मेयर पदमा एमाले दाङका पूर्वअध्यक्ष नरुलाल चौधरीको नाम पनि उत्तिकै चर्चामा छ। चौधरी २०५४ को स्थानीय निकायको निर्वाचनमा रामपुर गाविसको अध्यक्ष पदमा निर्वाचित भएका थिए। उनीलगायत सिंगो टिम नै रामपुरमा एमालेले जितेको थियो। दाङ जिल्लाको साविक गाविसहरुमध्ये सबैभन्दा राम्रो एमालेको राम्रो पकड भएको साविक गाविस रामपुर नै हो। उनको रामपुरमात्र नभई घोराही उपमहानगरपालिकामा सबै वडाका तल्लो तह र माथिल्लो तहसम्मका नेताकार्यकर्ताहसँग राम्रो सम्बन्ध रहेको छ।

घोराही उपमहानगरपालिकाको वडा अध्यक्ष पदमा नेपाली कांग्रेसबाट चन्द्रप्रसाद चौधरी, बुझौना चौधरी, एमालेबाट खोपीराम चौधरी, लौटन चौधरी, रामप्रसाद चौधरी, दीपक चौधरी, माओवादी केन्द्रबाट जगविर चौधरी, बसन्त चौधरी, खिमबहादुर चौधरीको नाम चर्चामा छ।

तुलसीपुर उपमहानरपालिकाको मेयरमा थारुहरुको नाम भने अझैसम्म आएको छैन। वडा अध्यक्षमा भने धेरैले चाहना गरिरहेको तर नाम भने ती पार्टीका नेताहरुले उल्लेख गर्न चाहेका छैनन्।

लमही नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसबाट जोगराज चौधरी र नेकपा एमालेको तर्फबाट गणेश चौधरीको नाम चर्चामा छ। माओवादीबाट भने कुनै पनि थारु नेताको नाम आएको छैन।

त्यसैगरी ७ गाउँपालिकामध्ये थारुहरुको बाहुल्य रहेको दंगिशरण गाउँपालिकाको अध्यक्ष पदमा धेरै थारु नेताहरु आकांक्षी देखिएका छन्। नेकपा एमाले र नेकपा माओवादी केन्द्रमा थारु नेताहरुको बढी चर्चा चलिरहेको छ। नेकपा एमालेमा कमैया, कमलरी र भूमिहीन अयिभानकर्ता भागिराम चौधरी, पूर्वशिक्षक लिकबहादुर चौधरीको नाच चर्चामा छ।

त्यसैगरी नेकपा माओवादी केन्द्रबाट मनिराम चौधरीलगायतको नाम चर्चामा छ। नेपाली कांग्रेसमा भने यज्ञबहादुर विष्ट, यज्ञनारायाण आचार्य, सूर्यप्रकाश राणाको नाच चर्चामा छ।

थारुहरुको थारु समुदायको बाहुल्य रहेको राप्ती गाउँपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेसको तर्फबाट बुद्धिप्रकाश चौधरी र नेकपा माओवाद केन्द्रको तर्फबाट श्यामेश चौधरीको नाम चर्चामा छ। एमालेको तर्फबाट भने अहिलेसम्म कुनै थारु नेताहरुको नाम आएको छैन। गढवा गाउँपालिकापालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेसबाट श्रीपत चौधरी र एमालेबाट कालीराम चौधरीको नाम चर्चामा छ। नेकपा माओवादी केन्द्रबाट कुनै नेताको नाम आएको छैन।

राजपुर गाउँपालिकाको अध्यक्ष पदमा एमालेकोतर्फबाट एमाले युवा नेता घनश्याम चौधरीको नाम ब्यापक चर्चामा छ। कांग्रेस र माओवादी केन्द्रबाट कुनै थारु नेताको नाम चर्चामा छैन। त्यस्तै शान्तिगर गाउपालिका, बवई गाउँपालिका र बंगलाचुली गाउँपालिकामा भने कुनै पनि पार्टीबाट थारुहरुको नाम आएको छन्।

बंगालचुली गाउँपालिकामा थारुको बस्ती नभएकाले त्यहाँ थारु उम्मेदवार उठ्ने कुरै हुँदैन। नेताहरुका अनुसार अन्य गाउँपालिकामा थारु समुदायको बाक्लो बस्ती भएकाले केही थपघट हुनसक्छ।

Leave a Reply

Your email address will not be published.