कैलालीको पटेला गाउँमा थारु साहित्यिक मेलाको भब्य उद्‍घाटन

कैलालीको पटेला गाउँमा दुई दिने थारु साहित्यिक मेलाको भब्य उद्घाटन भएको छ। देशभरिबाट करिब पाँच सय साहित्यप्रेमी सहभागी भएको साहित्यिक मेलामा थारु साहित्यिक बहससँगै थारु साँस्कृतिको पनि प्रस्तुती रहेको थियो। थारु लेखक संघको आयोजना र कैलालीको सयोगमा सञ्चालन थारु साहित्यिक मेलाको दोस्रो संस्करणक मुख्य वक्ता भाषाविद् पदम राई र लेखक रामलाल जोशी रहेका थिए।

शनिबार भएको उद्‍घाटन सत्रमा विभिन्न थारु लेखकद्वारा लेखिएका किताब बिमोचन भएको थियो। कार्यक्रममा गजल र कथा लेखनमा मदन पुरस्कार विजेता रामलाल जोशी र नविन विभाषसँग अन्तरसम्बाद गरिएको थियो। त्यस्तै थारु मुद्दा र साहित्य चिन्तनमा नेता कृष्णकुमार चौधरी, दिलबहादुर चौधरी, सन्तराम घरकटुवा थारु र चित्रबहादुर चौधरीसँग बहस गरिएको थियो।

त्यस्तै थारु मानक भाषातर्फ भाषाविद् पदम राईसँग खुल्ला छलफल गरिएको थियो। आजको अन्तिम सेसनमा थारु साहित्यकारहरुले कविता वाचन गरेका थिए।
तस्बिर : अविनाश चौधरी

 

Leave a Reply

Your email address will not be published.