थारु पहिरनमा हिसिला यमी [फोटो फिचर]

नयाँ शक्ति नेपालका संयोजक एवं डा. बाबुराम भट्टराई सामाजिक सञ्जालमा सक्रिय छन्। अहिले हिमाल पहाड तराई अभियानमा रहेका भट्टराईले कैलाली पुगेर श्रीमति हिसिला यमी र गंगा चौधरीको थारू पहिरनको तस्बिर सामाजिक सञ्जाल फेसबुमा पोष्ट गर्दै लेखेका छन्, ‘यी थारू महिला को हुन् चिनौं।’

सिरहाबाट अभियान थालेका बाबुरामले थारू पहिरनको उक्त तस्बिर सार्वजनिक गर्दै सोध्नुको अर्थ हो, अभियानका क्रममा उनी सुदूरपश्चिमको थारू बाहुल्य क्षेत्रमा पुगेका छन्। श्रीमती हिसिला र गंगा चौधरीको यो तस्बिर सार्वजनिक गर्नुको अर्थ हो, उनी समावेशी जातीय पहिचानको प्रचार पनि गरेका छन् ।

‘अभियानका क्रममा थारु बाहुल्य क्षेत्रको पहिचानलाई विश्वभरी देखाउनका लागि सामाजिक सञ्जालमा राखिएको हो’, बाबुरामका सहयोगी भन्छन्, ‘हिमाल–पहाड–तराई/मधेस राष्ट्रिय अभियान’ का क्रममा यो तस्बिरले तराईको विविधता र पहिचानको अर्थ राख्छ ।’ नयाँ शक्तिको मिडिया सेन्टरले पठाएको फोटोमा हिसिला नयाँ शक्तिकी अर्की नेतृ करिस्मा मानन्धरसँगै देखिन्छिन्। हिसिला मन्दिया र लेहेंगामा हसिली देखिन्छिन्।

 

Leave a Reply

Your email address will not be published.