फिल्म ‘समर लभ’मा भारती मोडल रेवती क्षेत्री

भारतीय मोडल रेवती क्षेत्रीले नेपाली फिल्ममा अभिनय गर्ने भएकी छन्। लेखक सुविन भट्टराईको ‘समर लभ’नामक पुस्तकको कथामा बन्न लागेको फिल्ममा उनी देखिने भएकी हुन्। 

निर्देशक मुस्कान ढकालले निर्देशन गर्न लागेको ‘समर लभ’ फिल्ममा उनीले अभिनय गर्ने पक्का भएको हो। आइतबार राजधानीमा आयोजित कार्यक्रममा फिल्म निर्माणको औपचारिक घोषणा गरिएको छ।

सन् २०१५ को फेमिना मिस इण्डियामा सहभागी मोडल रेवतीले यसअघि ‘ग्याङ् अफ नर्थ वेस्ट’नामक फिल्ममा अभिनय गरेसकेकी छन्। आसाममा जन्मिएकी उनले अभिनय गर्ने ‘समर लभ’ फिल्मको औपचारिक कार्यक्रममा देखिएकी उनले आगामी दिनमा नेपाली फिल्म खेल्न सक्ने प्रतिक्रिया दिइन्।

‘नेपाल मेरो मामाघर हो। मामाघरमा आएर फिल्म खेल्न पाएकोमा उत्साहित छु। समर लभ पुस्तक पहिला पढिसकेको हुँदा यसमाथि बन्न लागेको फिल्ममा काम गर्न पाउँदा खुसी छु’, उनले भनिन्। फिल्मको मूख्य पात्र सायाको भूमिकामा उनी देखिने छिन्।

Leave a Reply

Your email address will not be published.