आदिवासी जनजाति पत्रकार महासंघको सुनसरी अध्यक्षमा धिरेन्द्र चौधरी

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ सुनसरी शाखाको दोस्रो अधिवेशनबाट धिरेन्द्र चौधरी अध्यक्षमा सर्वसहमतिले चयन भएका छन्। रामधुनी नगरपालिको क्षेत्रीय कृषि तालिम केन्द्र,झुम्कामा भएको अधिवेशनले १३ जना कार्यसमितिको गठन गर्दै दुई जना सदस्य मनोनीतसमेत गरेको छ।

त्यस्तै उपाध्यक्षमा बिनय प्रधान, सचिवमा शिशिर राई, महिला सहसचिवमा सुप्रिया राई, पुरुष सहसचविमा निशान चौधरी, कोषाध्यक्षमा कुशल कुरुङवाङ निर्वाचित भए। त्यस्तै सदस्यहरुमा नबिन चौधरी, बिजय राई, कमला चौधरी, प्रेमा राई, एलएल गच्छदार, बिक्रम सुब्बा, इशा माद्यम निर्वाचित भए।

त्यस्तै केन्द्रीय पार्षदमा हर्ष सुब्बा, यम प्रधान, जनक ऋशि राई, स्वर्णिम सम्बाहाफे फोम्बो, सुनिल चौधरी, कुलदिप चौधरी, भोजराज श्रेष्ठ, बिनय राजवैशी, सुक्देव चौधरी, दीब्या चौधरी, आदर्श आलेमगर, गोपाल देवान, नबिन गुरुङ चयन भए। त्यस्तै प्रदेश पार्षदमा सुम्निमा चाम्लिङ, सिंहबहादुर मादेन र सञ्जु राई छन् । प्रदेश पर्यवेक्षकमा राजकुमारी चौधरी र टीना चोङबाङ छन्।

महासंघका अध्यक्ष जनक ऋशि राईको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि केन्द्रीय उपाध्यक्ष भैरव आङ्गलाको सहभागिता थियो। उनले नयाँ कार्यसमितिले अदिवासी पत्रकारहरुको क्षमता बिकास तथा ग्रामिण क्षेत्रमा रहेका पत्रकारलाई खोजिखोजी ल्याउनुपर्ने बताए।

नेपाल पत्रकार महासंघका अध्यक्ष अमर खडकाले आदिवासी पत्रकारहरुसँग एक इन्च पनि तलमाथि नगरी सहकार्य रहने बताए। कार्यक्रममा हर्ष सुब्बा, यम प्रधान, रामराज चौधरी, तेजनारायण चौधरी, केशिलाल चौधरी, राजकुमार चौधरी, केदार श्रेष्ठ, कुलदिप चौधरी, बौआलाल चौधरीलगायतका वक्ताले आदिवासीहरुको माग मुद्दाप्रति शसक्तरुपमा कलम चलाउनुपर्नेमा जोड दिए।

Leave a Reply

Your email address will not be published.