मुना चौधरी
तिमीलाई सम्झिन मलाई बिलकुल एकान्त चाहिन्छ । जब म सुत्दछु र मेरो मिठो निद्रालाई झन सिंगारि दिन्छ । रातिको निरवमय वातावरणलाई सुमधुर कल्पनाहरू बोक्न आहवान गर्दछ ।
वर्षौ पहिले जब तिमीले होलीमा थरिथरिको रंग अविर र पिचकारीले मलाई रंगीन बनाउँथ्यौ त्यतिबेला खुसीले जमिनमा मेरो खुट्टा हुँदैन्थ्यो । मलाई लाग्थ्यो म कुनै रंगीन संसारमा रंगिएकी परी हुँ । संसार नै फरक लाग्थ्यो, आत्मीय लाग्थ्यो । निर्जीव वस्तुमा पनि जीवन्तता पाउथेँ । तराईको उराठलाग्दो दिन पनि संगीतमय लाग्थ्यो । वेमौसमको वहारमा पनि आफनोपना पाउँथेँ ।
जब म पनि तिमीलाई पिचकारीले रंगीन पानी छ्याप्थेँ तिमी पनि रंगीन बन्थ्यौ र मलाई लखेट्थ्यौ । म तिम्रो लखेटाइले फतक्कै गल्थेँ । तिमीले नदेख्ने गरी कुनै कुनामा लुकेर बस्थेँ अनि तिमीले जोगीरा सरर… गीत गाउँदै मलाई डाक्थ्यौ । तिम्रो जोगीरा सरर… गीत सुनेर मेरो जिउमा ऊर्जा थपिएर आउँथ्यो । म आनन्दले विभोर हुन्थेँ र तिमीसँग जोगीरा खेल्न सामेल हुन्थेँ । मेरो उपस्थितिले तिमी संसार जितेको अनुभव गर्थ्यौ । दुई असमान दिल समानताको पथमा आउँथे । यो कुनै सानो कुरा थिएन ।
जब म बुझ्ने भए तब आत्मीयताको साइनोबारे थाहा पाएँ । आत्मीययताको साइनो त्यस्तो विश्वव्यापी सत्य हो जहाँ कृष्ण र सुदामाले आत्मिक मित्रता देखाएर मानवका अगाडि आधारशीला बनाइदिएका छन् । हो, त्यही आत्मीयताको साइनो गाँसेको नेपाल मलाई होलीको उपहार देऊ । बुबा आमाको अगाडि सन्तानको रगत नबगेको नेपाल मलाई होलीको उपहार देऊ । मानवको रगतमा होइन होल होलीकोगीको रंमा रंगिएकी नेपालकी छोरी र बुहारी कहलाउँने मलाई अिधकार देऊ ।
[उनले लेखेको उपन्यास छिट्टै बजारमाआउँदैछ]