पूर्वसांसद भगवती चौधरीले भनिन्- ‘मधेसी र थारुको पार्टी हो एमाले’

इनरुवा पुगेको एमाले अभियानमा त्यहाँ आयोजित सभालाई एमाले पोलिटब्युरो सदस्य लालबाबु पण्डितले सम्बोधन गरे । सम्बोधनका क्रममा एमाले नेता पण्डितले मधेसी मोर्चालाई मधेसी जनताको ठेक्का नलिन चेतावनी दिए ।

उनले मधेसमा एमाले अव पहिलो शक्ति भएको वताउँदै मोर्चालाई मधेसको ठेक्का लिएको दावी नगर्न चुनौती दिएका हुन् । ‘मधेसमा नेकपा एमाले अव सबैभन्दा ठूलो दल हो, मधेसी मोर्चाले मधेसका जनताका नाममा ठेक्का नलिओस्’ पण्डितले भने, ‘मधेसी जनताको समृद्धिका लागि काम गर्ने पार्टी एमाले हो, मधेसी जनताको पार्टी पनि एमाले नै हो ।’

सभालाई सम्बोधन गर्दै पूर्वसांसद भगवती चौधरीले मधेसी र थारुको साथ नेकपा एमालेलाई रहेको बताइन्। ‘मधेसी र थारुको पार्टी एमाले हो, थारु र मधेसीलाई सधैं शोषण गर्नेहरुलाई मधेसीको प्रतिनिधि दावी गर्ने हक छैन’ चौधरीले भनिन्, ‘मधेसको विकासमा एमाले बाहेक कुनै दलको योगदान छैन ।’

Leave a Reply

Your email address will not be published.