अपडेट : प्रहरीको गोलीले मर्नेको संख्या चार पुग्यो

सप्तरी घटनामा मर्नेको संख्या चार पुगेको छ। सप्तरीमा प्रहरीको गोली लागि घाइते भएका तीन दुई जनाको धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएपछि मृतकको संख्या चार पुगेको छ। मृत्यु हुनेमा आनन्द साह,  पिताम्वरलाल मण्डल र दिगाम्बर झा छन्। यसअघि घटानस्थल गजेन्द्र नारायण सिंह औधोगिक क्षेत्रमा प्रहरीको गोली लागेर संजन मेहताको मृत्यु भएको थियो।

घटनामा गम्भिर घाइते भएका ८ जनालाई थप उपचारको लागि धरान लगिएको थियो। घाइते मध्ये ३ जनाको अवस्था गम्भिर छ।

मेची- महाकाली अभियान अन्तर्गत नेकपा एमालेद्वारा सप्तरीमा आयोजित कार्यक्रममा झडप हुँदा अवस्था तनावग्रस्त भएको थियो। कार्यक्रमको विरोधमा रहेका मोर्चा कार्यकर्ता र प्रहरीबीच झडप हुँदा गोली चलेको थियो।

Leave a Reply

Your email address will not be published.