रेशम चौधरीलाई प्रमाणपत्र दिन थाकस कोरियाको माग

प्रतिनिधिसभा सदस्यमा निर्वाचित रेशमलाल चौधरीलाई निर्वाचन आयोगले विजयको प्रमाणपत्र दिन आनाकानी गरिरहेको भन्दै दक्षिण कोरियामा सक्रिय नेपाली संघ संस्थाले विरोध जनाएका छन् ।

कोरियाका आदिवासी जनाजति महासंघ र थारु कल्याणकारी सभाले छुट्टा छुट्टै विज्ञप्ति निकालेर गत मंसिर २१ गते भएको निर्वाचनबाट कैलाली क्षेत्र नं। १ बाट निर्वाचित चौधरीलाई प्रमाणपत्र नदिएको भन्दै आपत्ति जनाएका हुन् । ती संस्थाहरुले विज्ञप्तिमार्फत चौधरीलाई तत्काल प्रमाण पत्र दिलाउन नेपाल सरकारलाई माग गरेका छन् ।
भूमिगत रहेरै निर्वाचनमा उम्मेदवारी दिएका चौधरी ३४ हजार ३४१ मत ल्याइ प्रतिनिधिसभामा निर्वाचित भएका हुन् ।

ुटिकापुर हत्याकाण्डका मुख्य आरोपी चौधरी दोषी हुन् वा होइनन् यो निर्वाचन आयोगको काम होइन, यो अदालतको काम हो र अदालतले प्रमाणित नगरेसम्म कसैलाई अपराधी भन्ने अधिकार छैनु विज्ञप्ति छ ।

Leave a Reply

Your email address will not be published.