थारु बहुमुखी क्याम्पससहित तीन थारु स्ववियु सभापतिमा विजयी

रुपन्देहीको फर्साटिकरमा रहेको यज्ञोदय दुधनाथ थारु बहुमुखी क्याम्पस स्ववियु सभापतिमा अनेरास्ववियुका शम्भु थारु विजयी भएका छन्। उक्त क्याम्पसमा सचिव पदबाहेक सवै पद अनेरास्ववियुले कब्जा गरेको छ । सचिव पद भने अखिल क्रान्तीकारीले आफ्नो पोल्टामा पारेको छ। अखिल क्रान्तीकारीको तर्फबाट खेम बहादु कुँवर विजयी भएका छन्।

अनेरास्ववियु रुपन्देहीका अध्यक्ष बालकृष्ण पाण्डेका अनुसार कोषाध्यक्षमा उमाकान्त थारु सदस्यहरुमा अस्मिता खड्का सन्दिप अर्याल सागर बगाले कृष्ण भण्डारी रामकुमार तेली प्रमिला रेग्मी विजयी भएका छन्।

त्यस्तै बर्दियाको राजापुरस्थित अमर शहिद बहुमुखी क्याम्पसमा दिलीप चौधरी सभापतिमा विजयी भए। त्यस्तै सचिवमा जीवनराज सुवेदी, कोषाध्यक्षमा अर्पणा चौधरी र सदस्यहरुमा राजु चौधरी, देवेन्द्र चौधरी, प्रतिमा विक, पंकज चौधरी, मीना चौलागाईँ र रिया चौधरी छन्।

त्यस्तै कञ्चनपुरको बेलौरीस्थित महाकाली बहुमुखी क्याम्पसमा अनेरास्ववियुका सुशील चौधरी सभापतिमा विजयी भए।

Leave a Reply

Your email address will not be published.