उपेन्द्र यादव भने- ‘अब चुनाव होइन, महाभारत हुन्छ’

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारले घोषणा गरेको निर्वाचनको भ्रममा नपर्न सबैसँग आग्रह गरेका छन्। पार्टीको सिरहा प्रथम अधिवेशनलाई सोमबार सिरहा सदरमुकाममा सम्बोधन गर्दै यादवले यो निर्वाचन हुन नसक्ने बताए। ‘मुलुकमा चुनाव होइन, महाभारत हुन्छ’ उनले भने, ‘यसका निम्ति तयारी हुन सबैलाई जरुरी छ।’

चाँडै आन्दोलन सुरु हुने भन्दै उनले यो आन्दोलन तराई मधेसमा मात्रै नभई हिमाल र पहाडमा समेत हुने दाबी गरे। जससम्म मधेसी, जनजातिको मागलाई सम्बोधन गरिँदैन, तबसम्म चुनाव होइन आन्दोलन हुन्छ’ उनले भने, ‘यसर्थ अधिकार लिनका लागि सबैलाई तयारी हुनु जरुरी छ।’

Leave a Reply

Your email address will not be published.