थरुहट तराई पार्टीको उपत्यका संयोजकमा श्रवण चौधरी, २७ सदस्यीय नयाँ कार्यसमिति गठन

थरुहट तराई पार्टी नेपालको उपत्यकामा आयोजित दोस्रो अधिवेशनले श्रवण चौधरीको संयोजकत्वमा २७ सदस्यीय कार्यसमिति सर्वसम्मतिले चयन गरेको छ।

निर्वाचित समितिको उपाध्यक्षहरुमा चम्पा चौधरी, श्यामबहादुर चौधरी, अनिता चौधरी, गोरन चौधरी र अधिकार चौधरी छन्। त्यसैगरी सचिवमा अशोक चौधरी, सहसचिव राजमोहन थारु, कोषाध्यक्ष एन्जु डंगौरा छन्।

त्यस्तै सदस्यहरुमा गोपाल बखरिया थारु, अजित सिंह फौजदार थारु, हेमराज चौधरी, नेत्र चौधरी, अमृत चौधरी, शरिता चौधरी, नरेश चौधरी, बसन्त चौधरी, राकेश चौधरी, राजेश चौधरी, उषा चौधरी, कृष्ण चौधरी, सुदीप चौधरी, अर्जुन चौधरी, मानसिंह चौधरी, कालुराम चौधरी, राजु चौधरी र मंगल चौधरी छन्।

केन्द्रीय सदस्य तथा उपत्यका अधिवेशन समितिका संयोजक नारायणी चौधरीको अध्यक्षतामा अधिवेशन सम्पन्न भएको थियो।

Leave a Reply

Your email address will not be published.