थरुहटबाट गोपाल र गंगा सभासदमा सिफारिस

gopal dahitकाठमाडौं- प्रत्यक्षतर्फ एक सिट पनि नजितेका थरुहट तराई पार्टी नेपालले समानुपातिकतर्फको दुई सभासद्को भने टुंगो लगाएको छ। राजधानीमा बसेको केन्द्रीय समिति बैठकले पार्टी वरिष्ठ नेता गोपाल दहित र केन्द्रीय उपाध्यक्ष गंगा थारुको नाम सिफारिस गरेको हो। दहित राजाको पालामा पनि मन्त्री भइसकेका छन् भने गंगा थारु थरुहट आन्दोलनबाट राजनीतिमा सक्रिय भएकी हुन्।

तराईको २२ जिल्लामै आफ्नो संगठन भएको दाबी गर्ने थरुहटले दुई सभासद् बर्दिया र दाङबाट चुनेको हो। पूर्वी तराईलाई नसमेटेको भन्दै केही नेता भने रुष्ट बनेका छन्। उनीहरुले एक जना सभासद् पूर्वबाट सिफारिस गर्नुपर्ने भन्दै रुष्ट भएका हुन्। उनीहरुले यस्तो निर्णयले पूर्वको संगठन झनै भत्किने बताएका छन्। ‘पार्टीले पश्चिमकालाई मात्र समेट्यो,’ केन्द्रीय सदस्य नारायणी चौधरीले भनिन्, ‘पूर्वकालाई नसमेटेकोप्रति हाम्रो आपत्ति छ।’

 

Leave a Reply

Your email address will not be published.