ट्र्याक्टरबाट खसेर रामप्रसाद चौधरीको मृत्यु

ट्र्याक्टरको ट्रलीबाट खसेर घाइते भएका कञ्चनपुरको बेलौरी नगरपालिका–३ का अन्दाजी ४८ वर्षीय रामप्रसाद चौधरीको बिहीबार उपचारका क्रममा मृत्यु भएको छ। 

बालुवा बोकेर बेलौरीबजारतर्फ आउँदै गरेको से १ त ४८०० नंको ट्र्याक्टरको ट्रलीबाट भाटिया गोदाम नजिक खसेका चौधरीलाई तत्कालै उपचारार्थ बेलौरीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा भर्ना गरिए पनि उपचार हुन नसकेपछि थप उपचारका लागि कैलालीको सेती अञ्चल अस्पताल पुर्याइएको थियो।

अस्पतालमै उपचारका क्रममा चौधरीको बिहीबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। रासस

Leave a Reply

Your email address will not be published.