कलैयामा मत्सय तथा कृषि महोत्सव, कृषिमन्त्री चौधरीले उद्‍घाटन गर्ने

नागेन्द्र चौधरी/बारा।

बिहीबारदेखि सुरु हुने प्रथम ऐतिहासिक मत्सय तथा कृषि महोत्सवको सबै तयारी पूरा भएको आयोजकले जानकारी दिएको छ। कलैयाको कृषि बजारमा सुरु हुने महोत्सवको कृषिमन्त्री गौरी शंकर चौधरीले उद्घा‍टन गर्ने कार्यक्रम रहेको मत्सय ब्यवसायी संघको जिल्ला अध्यक्ष जंगबहादुर साहले जानकारी दिए।

नेपाली माछाको उत्पादकत्वमा वृद्धिको खोजी गर्ने उद्देश्यका साथ माघ २७ देखि २९ गते सम्म महोत्सव गर्न लागेको नेपाल मत्सय व्यवसायी संघका जिल्ला अध्यक्ष जंगबहादुर साहले बताए। नेपाल मत्सय ब्यवसायी संघ बाराको आयोजनामा तीन दिनसम्म चल्ने महोत्सवमा ४० वटा स्टलहरु राखिने महोत्सव तथारी समितीका संयोजक वीरेन्द्र चौधरीले जानकारी दिए।

८ वटा परजातिका माछाहरु रोहु, कमन, ग्रास, सिल्भर, बिग्रेट, इजराइल, कतले र टिलपियाको ४ वटा प्रकार बनाउने संघका सचिव रविन्द्र चोधरीले बताए। झोलवाल, फ्राई, ठाउको सुप र मम जस्तो परिकार बनाउने उनले बताए। महोत्सव उदघाटनको पूर्व सन्धयामा शोभा यात्रा निकाल्ने कार्यक्रम छ।

माछा मार्ने पुरातन परम्पराको औजारहरु पर्दशनीमा राख्नुको साथ साथै मनोरञ्जनको ब्यवस्था समेत गरिएको छ। करिब २२ लाखको लागतमा हुने सो महोत्सवमा प्रत्येक दिन १५ लाख बराबरको कारोबार हुने आयोजकको लक्ष्य रहेको नेपाल मत्सय ब्यवसायी संघको केन्द्रीय बरिष्ठ उपाध्यक्ष मधुसुधन अधिकारले जानकारी दिए।

सरसफाई खानेपानीको ब्यवस्था समेतको प्रबन्ध मिलाइसकेको तयारी समितिका संयोजक चौधरीले बताए। संघका केन्द्रीय सदस्य शिवहरि अचार्य, जिल्ला सहसचिव संजय चौधरी, सदस्यहरु बलराम अधिकारी, राजेश्वर थापा, हरिशरण कार्की र समसाद मिया मंसुरीले तयारी समितिमा रहेका छन्।

आर्थिक तथा तयारी समितीको संन्योजकमा वीरेन्द्र चौधरी, प्रचारप्रसार समितीको संयोजकमा रविन्द्र चौधरी, अवास तथा खानपिन समितिको संयोजकमा राजेश्वर थापा, अतिथि सत्कारको संयोजकमा परमानन्द सहनी र साँस्कृतिक ब्यवस्थापन समितिको संयोजकमा संजय चौधरी छन्।

माछा महोत्सवले माछा ब्यापारीलाई टेवा पुग्ने आयोजकको विश्वास छ। महोत्सवको करिब १० हजारले अवलोकन गर्ने आयोजकको लक्ष्य छ।

Leave a Reply

Your email address will not be published.