एमालेविरुद्ध संघीय गठबन्धनको वक्तव्य

मधेसी मोर्चासहितको संघीय गठबन्धनले प्रमुख प्रतिपक्षी दल एमालेविरुद्ध फेरि वक्तव्य प्रकाशित गरेको छ । बिहीबार संघीय समाजवादी फोरम मूख्यालयमा गठबन्धन बैठकपछि संयोजक उपेन्द्र यादवले जारी गरेको वक्तव्यको पहिलो बुँदामा भनिएको छ, ‘संविधान संशोधन विरोधको नाममा एमालेले दिएको नश्लीय अभिव्यक्ति मुलुकमा जातीय सामाजिक सहिष्णुता भड्काउने र मुलुकलाई विभाजन गर्नेतर्फ उन्मूख रहेकाले राष्ट्रिय एकतालाई कमजोर पारी मुलुकलाई अनिश्तित गृहयुद्धतिर धकेल्ने एमालेको यस प्रतिगमनकारी गतिविधिको हामी घोर भर्त्सना गर्दछौं ।’ गठबन्धनका वक्तव्यमा एमालेले संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी लोकतन्त्रजस्ता उपलब्धि धरापमा पारेको समेत आरोप लगाइएको छ ।

यसअघिको मधेसी मोर्चा बैठकमा पनि एमालेविरुद्ध कडा अभिव्यक्तिसहितको विज्ञप्ति जारी भएको थियो । गठबन्धनले सरकारद्वारा संसदमा पेश भएको संविधान संशोधन प्रस्तावको पनि स्वामित्व लिन अस्वीकार गरेको छ । मधेसी, जनजातिको माग सम्बोधन गर्दै प्रस्ताव परिमार्जन भए स्वीकार गर्ने उसको जिकिर छ ।

संघीयताबारे अन्तर्क्रिया गर्ने
संघीयतालगायतका विषयमा छलफल गर्न गठबन्धनले एक साताभित्र काठमाडौंमा अन्तक्र्रिया राख्ने संयोजक उपेन्द्र यादवले जानकारी दिए । गठबन्धनले प्रस्ताव गरेका १० प्रदेशमा कार्यक्रम लैजाने निर्णय पनि गरेको छ । यादवको वक्तव्यमा भनिएको छ, ‘सरकारसग भएको तीन बुदे सहमतिका आधारमा संविधान संशोधन प्रस्ताव परिमार्जन सहित व्यवस्थापिका संसदमा अविलम्ब प्रक्रिया अघि बढाउन माग गर्छौं ।’

बैठकमा यादव, फोरम वरिष्ठ नेता अशोक राईसहित सद्भावना पार्टी महासचिव मनीषकुमार सुमन, प्रवक्ता सन्तोष मेहता, रामसपाका उपाध्यक्ष शेखर सिंह, महासचिव केशव झा, सचिव गजेन्द्र मण्डल, नेपा पार्टीका विजय सैंजुलगायत सहभागी थिए ।

gathabandhan-7-22122016021627-1000x0

Leave a Reply

Your email address will not be published.