‘मङ्सिर ७ वा ८ गते संसोधन प्रस्तान दर्ता हुन्छ’

नेकपा ( माओवादी केन्द्र )का नेता वर्षमान पुुनले आगामी मङ्सिर ७ वा ८ गते संसद्मा संविधान संशोधन प्रस्ताव दर्ता हुने बताएका छन्। मोरङको उर्लाबारीमा अयाोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले भने, ‘संविधान संशोधनका विषयमा प्रमुख तीन दलका शीर्षस्थ नेताबीच मङ्सिर ६ गते निर्णायक छलफल हुने र ७ वा ८ गते नै संसद्मा संशोधन प्रस्ताव दर्ता हुने तयारी छ।’

नेता पुनले नेकपा एमालेले पनि संविधान संशोधन गर्ने विषयमा सहमतिमा आउने बताउँदै यदि सहमति नभए पनि सरकारले संशोधन दर्ता गराएरै छाड्ने प्रतिबद्धता व्यक्त गरे।

सीमाङ्कन, भाषा, नागरिकता तथा राष्ट्रिय सभाको विषयमा संविधान संशोधनका लागि गृहकार्य भइरहेको र राजनीतिक सहमतिका आधारमा प्रदेशको संख्या बढन सक्ने बताउँदै उनले भने, ‘संशोधनपछि संविधानको कार्यान्वयनसंगै मुलुक निर्वाचनमा होमिन्छ।’

नेता पुनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले सरकार र जनतालाई आतङ्कित पार्ने काम गरेकाले महाभियोग प्रस्ताव दर्ता गराउनुपरेको बताए।

Leave a Reply

Your email address will not be published.