कलेजको बसमा तोडफोड, चालक सन्त चौधरी घाइते

कारी महतो/चितवन।

मोटरसाइकलमा आएका दुई अज्ञात व्यक्तिले पर्साबाट टाँडीतर्फ आइरहेको ना ५ ख ३९३६ नम्बरको क्वेष्ट मोडेल कलेजको बस तोडफोड गरेका छन् । पूर्वी चितवनको ज्यामिरे र बहेरा चोकको बीचमा रहेको मेट्रो पम्प नजिकै ४ः३० बजे तोडफोड भएको हो ।

चल्दै गरेको बसलाई ओभरटेक गरी बसको अगाडिको सिसामा ढुंगा हानेर मोटरसाइकलवाला फरार भएका प्रत्यक्षदर्शीहरुले बताए । ढुंगा लागेर बस चालक सन्त चौधरीको पाखुरामा सामान्य चोट लागेको छ । चालकका अनुसार उक्त बस पर्सा बजारबाट मर्मत गरेर टाँडी ल्याउँदै गरेको हो ।

Leave a Reply

Your email address will not be published.