सुजातालाई ५० लाख दिने सरकारको निर्णय

नेपाली कांग्रेसकी नेतृ स्वास्थ्य उपचारका लागि आइतबार सिंगापुर प्रस्थान गरेकी छन्। स्तनमा क्यान्सर देखिएपछि उपचारका लागि उनी सिंगापुर लागेकी हुन्। आइतबार अपरान्ह बसेको मन्त्रिपरिषद बैठकले कोइरालाको उपचारका लागि ५० लाख रुपैयाँ दिने निर्णय गरेको छ।

सिंगापुरको सेन्ट लुकेस अस्पतालमा उनको प्रारम्भिक स्वास्थ्य परीक्षण हुनेछ। ‘सरकारको निर्णयबारे थाहा भए। १४ तारिकको दिनलाई डाक्टरको समय लिएकाले उहाँ सिंगापुर लाग्नुभयो’, कोइरालाका स्वकिय सचिव लक्ष्मण थपलियाले भने।

सिंगापुरमा उनको स्तन क्यान्सरको विस्तृत परीक्षण हुनेछ। ‘सुरुवाती अवस्थाको क्यान्सर देखिएकाले किमो दिनुपर्छ वा पर्दैन भन्ने यकिन छैन। चिकित्सकले त्यहीँ चेकजाँच गरेपछि थाहा हुन्छ’, उनले भने। सुजाताका साथ छोरी मेलानी सिंगापुर गएकी छिन्।

एशियाली राजनीतिक पार्टी (आइक्याप) को अन्तरार्ष्ट्रिय सम्मेलनमा भाग लिन करिब तीन महिना अघि मलेसिया पुगेका बेला गरिएको स्वास्थ्य परीक्षणमा उनलाई स्तन क्यान्सर भएको देखाएको थियो। उनको क्यान्सर सुरुवाती चरणमै रहेको बताइएको छ।

Leave a Reply

Your email address will not be published.