चर्चित गीत ‘लहेँगा मोर हो तुहार’को सिक्वेल ‘नौरंगी लेहेँगा’ सार्वजनिक

चर्चित थारु गीत लेहेँगा मोर हो तुहारको सिक्वेल गीत सार्वजनिक भएको छ। थारु गायक मोहन दहितले उक्त गीत बजारमा ल्याएका छन्। उक्त गीतको अडियो सिडिएम म्युजि क्रियसनको युट्युबमार्फत् सार्वजनिक गरिएको छ।

नौरंगी लेहेँगा बोलको गीतमा मनिषा राईले स्वर दिएकी छन्। आफ्नै शब्द रहेको गीतमा संगीत मोहन दहितले नै गरेका छन्। यसअघि ल्याएको ‘तु अइलो मोर जिन्गिम’ले राम्रो भ्युअर्स पायो। फलस्वरुप नयाँ गीत पनि ल्याउने प्रयास गरेँ। तिहारको कोसेलीको रुपमा यो गीत ल्याएको छु। सुनेर सबैलाई प्रतिक्रिया दिनुहुन अनुरोध छ,’ उनले भने। गीतको म्युजिक भिडियो पनि छिट्टै सार्वजनिक गर्ने दहितले सुनाए।

दहित यसअघि पिरतीके धुनको लेहेँगा मोर हो तुँहार नामक गीतबाट चर्चा बटुलेका थिए। दहितले इ मुटु करल ढुक्ढुक ,यिंहरी छोटी मोटी महुलिक रुखवाजस्ता चर्चित गीतमा स्वर दिइसकेका छन्।

भिडियो हेर्नुस्:

यो पनि पढ्नुस् :

दहितको गीतमा वीर र प्रमिला चौधरीको केमेस्ट्री

Leave a Reply

Your email address will not be published.