थाकसकाे प्रशिक्षण भेला कात्तिक १८, १९ र २० गते सप्तरीमा हुने

थारु कल्याणकारिणी सभा (थाकस)ले सप्तरीको जण्डौलमा तीन दिने केन्द्रीय प्रशिक्षण भेला आयोजना गर्ने भएको छ। भेलामा वरिष्ठ अधिकारकर्मीहरुले प्रशिक्षण दिने बताइको छ। सभाका केन्द्रीय उपाध्यक्ष प्रेमीलाल चौधरीका अनुसार सप्तरीस्थित जण्डौलको एक धर्मशाला हलमा कात्तिक १८, १९ र २० गते कार्यक्रम अायाेजना हुनेछ। 

उपाध्यक्ष चौधरीकाअनुसार भेलामा समाजशास्त्री डा. कृष्ण भट्टचन, प्राध्यापक कृष्ण हाछेथु, पूर्व राजदूत विजयकान्त कर्ण, अधिवक्ता शंकर लिम्बु, अधिकारकर्मी ज्योति दनुवार, गोकुल भुजेल, फकला थारु, अन्जना विसंखे, देवराज चौधरी, तहल थामी, पत्रकार, गोपाल देवान, खिम घले, राजकुमार लेखी लगायतले प्रशिक्षण दिने कार्यक्रम छ।

तीन दिनसम्म चल्ने प्रशिक्षणका क्रममा नयाँ संविधानमा भएको थारु अधिकारको व्यवस्था र छुटेको विषय, थारु आयोग र थारुसँग सम्बन्धित अन्य जनजागरणका विषय, थारु आन्दोलन र त्यसको सान्दर्भिकता लगायतका विषय उथान गर्ने तयारी भएको केन्द्रीय उपाध्यक्ष चौधरीले बताए। प्रशिक्षण भेलामा सभाका केन्द्रीय पदाधिकारी, सचिवालय सदस्यहरु, भातृ संगठका पदाधिकारी र सदस्यहरु, जिल्ला तथा नगरतहका पदाधिकारी र सदस्यहरु सहभागी हुने अायाेजकले जनाएकाे छ।

 

Leave a Reply

Your email address will not be published.