मोटरसाइकल दुर्घटनामा कपिलदेव चौधरीको मृत्यु

नवलपरासीको प्रतापपुर गाविसको  खैरहनी मा गएराति मोटरसाइकल दुर्घटनामा जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा प्रतापपुर-८ अठलहीका २३ वर्षीय कपिलदेव चौधरी रहेको प्रहरीले जनाएको छ। 

दुर्घटनाबाट गम्भीर घाइते भएका उनको सहिद सामुदायिक अस्पताल चौपातामा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलाटारी का प्रहरी निरीक्षक महेश्वर प्रसाद उपाध्यायले जानकारी दिए।

सेमरीबाट बेलाटारी जाँदै गरेको लु २० प ४४९८ नम्बरको मोटरसाइकल लाई विपरीत दिशा बाट आउदै गरेको युपी ५६ एच ५१४१ नम्बरको मोटरसाइकल खैरहनी पुलमा एकआपसमा ठोकिएको थियो ।

 विपरीत दिशा बाट आउदै गरेको भारतीय प्लेट नम्बरको चालक बर्ष २२ का जमुनिया- ४ सेमरी बस्ने उमेश चापागाईं  फरार  छन्।

Leave a Reply

Your email address will not be published.