नवलपरासीका पदम चौधरीले दिए बिज्ञानलाई चुनौती

नवलपरासीमा शारीरिक रुपमा अशक्त रहेका पदम चौधरीले बिज्ञानलाई नै चुनौती दिदै अनौठो कला प्रदर्शन गरेका छन । उनले पानीमा हात गोडा नचलाई तैरने कला देखाएका हुन् । नवलपरासी अमरौट ५ का ३० वर्षीय पदम चौधरीले शारीरिक रुपमा अशक्त भएर पनि यस्तो कला प्रदर्शन गर्न सफल भएका हुन् ।

डैनहवा गाउँ निबासी चौधरीले नवलपरासीको सुनवल स्थित लोटस रिसोर्टको स्वीमिङ पुलमा १ घण्टा सम्म लगातार हात खुटटा नचलाई तैरने अनौठा र साहशिक कला देखाएका हुन् । सानै उमेरमा रोगका कारण दुबै खुटटा गुमाएका पदमले हात खुटटालाई स्थिर राखी पानीमा उत्रिएपछि सबैजना आचार्यमा परेका छन् ।

नेपालको झण्डा दुबै हातमा लिएर उत्तानो परी कुनै हात खुटटा नचलाई पानीमा उत्रने बस्तु जस्तो उत्रेर पदमले सबैलाई चकित पारेका हुन । घर नजिकैको तुरीया खोला र स्थानीय बिभिन्न पानी पोखरीमा दशक लामो साधनापछि उनले यो कलालाई दर्शक माझ प्रदर्शन गर्न सफल भएका हुन ।

कक्षा १२ सम्म अध्ययन गरेका चौधरीले यो कला देश बिदेशमा समेत प्रदर्शन गरेर देशको नाम उँचो पार्ने बताएका छन । कक्षा एक देखि ९ सम्म निकै कठिनाईका बावजुत अध्ययन गरेको दुखान्त कथा सुनाउदा उनको कला हेर्न जुटेका सयौं दर्शकको हाँखा रसाएका थिए ।

चौधरीले बिज्ञानलाई नै चुनौती दिदै अनौठो कला प्रदर्शन गरेपछि प्रर्दशन हेरेका सरोकारवालाहरुले चौधरीको प्रस्तुती निकै अनौठो भएको बताएका छन् । यो कला अब पोखरा र कठमाण्डौ तथा नेपालका बिभिन्न स्थान र भारतका बिभिन्न स्थानमा प्रदर्शन गर्ने चौधरीको योजना छ । यो योजनामा नवलपरासीका बिभिन्न संघसंस्थाहरुले पनि सहयोग गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published.